विराटनगर महानगरपालिकाको विगत पाँच वर्षको कार्यको स्वेतपत्र सार्वजनिक–ठोस कार्य नभएको

इनेप्लिज २०७९ भदौ ९ गते २२:१८ मा प्रकाशित

 

मोरङ,९ भदौ(रासस): विराटनगर महानगरपालिकाले विहीवार यहाँ आयोजित कार्यक्रममा पछिल्लो पाँच वर्ष (विस २०७४÷७५ देखि २०७८÷७९ )को अवधिमा भए सकारात्मक र नकारात्मक कार्यहरुलाई समेटी स्वेत पत्र सार्वजनिक गर्दै महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्की । स्वेत पत्र १०६ पृष्ठको रहेको छ । तस्बिर : मनोज दाहाल÷रासस

विराटनगर,९ भदौ ।

विराटनगर महानगरपालिकाको पछिल्लो पाँच वर्षको अवधिमा भए कामलाई समेटी आज यहाँ स्वेत पत्र सार्वजनिक गरिएको छ।

महानगरपालिकाको पहिलो कार्यकाल २०७४÷७५देखि २०७८÷७९ को अवधिमा आर्थिक, सामाजिक श्रोतको परिचलन तथा व्यवस्थित पक्षहरुको यथार्थ चित्रण आम नागरिकहरु एवं सम्वन्धित निकायलाई जानकारी गराउन १०६ पृष्ठको स्वेत पत्र सार्वजनिक गरिएको छ ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वेत पत्र सार्वजनिक गर्दै स्वतेपत्रले महानगरमामा विद्यमान चुनौतीहरुको सामाना गर्न सर्वाङ्गिण विकासमा लागि सङ्घ तथा प्रदेश सरकार र विकास साझेदाररुको सहयोग परिचालन गरि सवृद्धिको वाटोतर्फ आगाडि वढ्न सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।

स्वेतपत्रमा महानगरपालिकामा रहेका ६०९ कर्मचारीमध्ये ३४५ जना अस्थायी÷करारका रहेका छन् र उक्त सङ्ख्यामध्ये २७६ जना श्रेणीविहीन स्तरका रहेको उल्लेख गरिएको छ।

यस्तै महानगरपालिकाको स्वामित्वमा हाल ६३ विघा आठ कठृा १२ धुर जग्गा रहेपनि डङ्ग्राहा र हात्तीमुढामा २५ विघा जग्गा खरीद गरी उपयोग विहिन अवस्थामा रहेको उल्लेख गरिएको छ ।

यस्तै विगत पाँच वर्षमा सार्वजनिक तथा पर्ति जग्गाहरु मनोमानीपूर्ण ढङ्गले विभिन्न १६ वटा सङ्घसंस्थालाई दुई विगाहा १७ कठृा १८ धुर प्रदान गरिएको यसवाट भविष्यमा महानगरलाई आवश्यक सार्वजनिक तथा खुल्ला स्थानमा पार्क र उद्यानहरु निर्माणमा जग्गाको कमी हुने देखिको छ।

स्वेतपत्रमा रु ६२ लाख १५ हजारमा खरीद गरिएको ब्रुमर सरसफाईमा प्रयोग नगरी थन्काइएको अवस्थामा रहेको छ भने महानगरका करदाताबाट उठेको करवाट सञ्चालन हुने वारुणयन्त्रको छिमेकी जिल्ला लगायत भारतको सीमावर्ती सहरमा प्रयोगले कर्मचारी, उपकरण मर्मत सम्भार र इन्धन लगायत खर्च वेहोरिने भएकाले आर्थिक वोझ वढेदै गएको उल्लेख गरिएको छ।

महानगरपालिकाले विगत पाँच वर्षमा अनुमानको ५० प्रतिशत आय सङ्कलन गर्न सकेको उल्लेख गर्दै विकास निर्माण कार्यमा जनसहभागिता नगन्य रुपमा रहेको जनाएको छ।

यस्तै महानगरपालिकाके वेरुजु दिनप्रति वढ्दै गएको उल्लेख गर्दै आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा रु एक अर्व ६३ लाख ६३ पुगको जनाइएको छ ।

विगत पाँच वर्षको अवधिमा विराटनगर–११ मा बस टर्मिनल, तारिणीप्रसाद कोइराला सञ्चार ग्राम र आरोहण गुुरुकुल वाहक अन्य ठूला तथा ठोस योजनाहरु सम्पन्न नभएको स्वेतपत्रमा उल्लेख गरिएको छ।

कार्यक्रममा उपप्रमुख शिल्पा निराला कार्कीले विगत पाँच वर्षमा गरिएको सकारात्मक तथा नकारात्मक कार्यक्रमहरुको स्वेत पत्रमा उल्लेख गरि सार्वजनिक गरिएको बताउनु भयो ।

प्रतिक्रिया