मोरङ,६ भदौ(रासस):हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा सोमबार विराटनगरमा आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो म परदेशी बन्दिन’ को विमोचनका अवसरमा विराटनगरका प्रमुख नागेश कोइराला भिडियोका अभिनेत्री सरिता विश्वकर्मालाई सम्मान गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस
विराटनगर,६ भदौ ।
भाषा,संस्कुति र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव सहभागिहरुले दिएका छन् ।
हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज यहाँ आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो ‘ म परदेशी बन्दिन’ को विमोचनका अवसरमा सहभागीहरुले कला, संस्कृतिको कुनै सीमा हुने हुनाले यसको संरक्षणले मुलकको मौलिकता झल्कने बताउनु भएका छन् ।
मोरङ,६ भदौ(रासस):हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा सोमबार विराटनगरमा आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो म परदेशी बन्दिन’ को विमोचनका अवसरमा बोल्दै विराटनगरका प्रमुख नागेश कोइराला । तस्बिर : मनोज दाहाल ÷रासस
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला म्युजिक भिडियोको विमोचन गर्दै मुलुकको चिनारी झल्काउन विकास निर्माणसँगै कला, संस्कृति, भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले महानगरपालिका यस क्षेत्रका साहित्यकार, कलाकारहरुको पहिचान स्थापित गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
हिपमत मिडिया प्रमुख वीरेन्द्रकमार साह, पूर्व राष्ट्रिय सभाका सदस्य खेम नेपाली ,सदानन्दन मण्डल,प्रेमकुमार यादव, बसुन्धरा झा लगायतले कला, संस्कृतिको संरक्षणबाट पर्यटन व्यवसाय फस्टाउनका साथै मुलुकको विकास झल्कने विचार राख्नु भयो ।
मोरङ,६ भदौ(रासस):हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा सोमबार विराटनगरमा आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो म परदेशी बन्दिन’ को विमोचनका अवसरमा विराटनगरका प्रमुख नागेश कोइराला, पूर्व सांसद खेम नेपाल लगायत । । तस्बिर : मनोज दाहाल ÷रासस
सोही अवसरमा भाषा, कला , संस्कृति क्षेत्रमा कार्य गर्ने विभिन्न एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको थियो ।
विमोचन गरिएको गीतका गायक वीरेन्द्रकुमार झा हुनुहुन्छ ।
प्रतिक्रिया