बन्द रहेको वडा कार्यालय सञ्चालनमा आयो

इनेप्लिज २०७९ भदौ २ गते २१:४८ मा प्रकाशित

 

मोरङ,२ भदौ (रासस): घाँस काटने विषयमा भएको झगडाले १० दिनदेखि बन्द रहेको सुनसरीको बर्जु गाँउपालिकाको वडा नं. ३ कार्यालय सञ्चालनका लागि बिहीवारदेखि आयोजित सर्वदली वैठकमा सहभागी हुँदै पालिका उपाध्यक्ष नितु चौधरी लगायत । उक्त वडामा घाँस काटने झगडामा विवाद हुँदा एक जना महिलाको मृत्यु भएपछि वडा अध्यक्षलाई हातपात एवं कार्यालय तोडफोड गरिएको थियो ।

विराटनगर,२ भदौ । घाँस काट्ने विषयमा झगडाले बन्द रहेको सुनसरीको बर्जु गाँउपालिकाको वडा नं. ३ कार्यालय १० दिन पछि आजदेखि सञ्चालनमा आएको छ ।

उक्त वडामा घाँस काटने झगडामा विवाद हुँदा एक जना महिलाको मृत्यु भएपछि सो वडा कार्यालय बन्द भएको थियो ।

सर्वदलीय सहमतीमा आजदेखि सेवाग्राहीलाई सेवा प्रदान गर्न वडा कार्यालय सञ्चालनमा आएको छ ।

गत साउन १३ गते बर्जु गाँउपालिका वडा नं. ३ की सङ्गिता रायले चन्द्रकला रायलाई कुटपिटपछि उपचारको क्रममा चन्द्रकलाको साउन २३ गते मृत्यु भएको थियो ।

मोरङ,२ भदौ (रासस): घाँस काटने विषयमा भएको झगडाले १० दिनदेखि बन्द रहेको सुनसरीको बर्जु गाँउपालिकाको वडा नं. ३ कार्यालय । उक्त वडामा घाँस काटने झगडामा विवाद हुँदा एक जना महिलाको मृत्यु भएपछि वडा अध्यक्षलाई हातपात एवं कार्यालय तोडफोड गरिएको थियो ।

महिलाको मृत्यु भएपछि वडा कार्यालयले कुनै सहयोग नगरेको भन्दै सोही वडाका ठूलो समूहले वडाध्यक्ष विनोद गुरुङलाई कुटपिट गर्नुका साथै वडा कार्यालयमा तोडफोड गरेका थिए ।

वडाध्यक्ष माथि ज्यान मार्ने प्रयास र वडा कार्यालय तोडफोड भएपछि साउन २४ गतेदेखि बन्द रहेको वडा कार्यालय नागरिक समूह एवं सर्वदलीय छलफलको कार्यक्रमको आयोजना गरेर सञ्चालनमा आएको छ ।

वडा कार्यालय बन्द हुँदा स्थानीयले पाउने सम्पूर्ण सेवा बन्द भएकोले सबै राजनैतिक दलहरु एवं नागरिक समाजसँग छलफल एवं सहमति गरेर कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

हत्यामा सङ्लग्न भएको आरोपमा सङ्गितालाई प्रहरीले पक्राउ गरेको छ भने भने वडाध्यक्ष माथि कुटपिट तथा कार्यालय तोडफोड गरेका ११ जना फरार रहेका छन् ।

 

प्रतिक्रिया