शिप सहितको वैदेशिक रोजगारी आजको आवश्यक्त्ता

इनेप्लिज २०७९ साउन २१ गते १०:३५ मा प्रकाशित

 

df]/ª,@! ;fpg-/f;;_ M dfgj clwsf/sf nflu hgd~r -lkk’n -kmf]/d_ / cfO/]S;åf/f ;+o’SQ ?kdf zlgaf/ lj/f6gu/df oxfF cfof]lht j}b]lzs /f]huf/ sfg”g ;DjGwL ;~rf/sdL{x?nfO{ Ps lbg] cled’vLs/0f sfo{s|ddf cjwf/0ff kq k|:t’t ub}{ kmf]/dsf ;+:yfks cWoIf ;f]d n’O6]n . tl:a/ M dgf]h bfxfn ÷/f;;

विराटनगर,२१ साउन । मुलुकको दिगो आर्थिक विकासमा विप्रेषणले क्षणिक सहयोग गर्ने सहभागीहरुले बताउनु भएको छ ।

उहाँहरुले वैदेशिक व्यापार घटाउन मुलुकमा कृषिको आधुनिकीकरण, निर्यातमुलुक उद्योग र वैदेशिक रोजगारीका लागि शिप सहितको खाडि मुलुक वाहेक अन्य देश जानु पर्ने सुझाव दिनु भयो ।

मानव अधिकारका लागि जनमञ्च (पिपुल (फोरम)र आइरेक्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित वैदेशिक रोजगार कानून सम्वन्धी सञ्चारकर्मीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले विप्रेषण मुलुकको आर्थिक विकासका लागि तत्काल रोग निको गर्ने एण्टिवाईटिक औषधि भएको पनि यसको विकल्प खोज्न सरकार लाग्नु पर्ने आवश्यक्त्तता औल्याएका छन् ।

सो अवसरमा वाध्यकमारी श्रम, मानव वेचबिखन, मानव तस्करी, श्रम शोषण, वैदेशिक रोजगारी ठगी उजुरी गर्ने निकाय, उद्धार, श्रम लेखवद्ध , श्रम अलेखवद्ध लगायतका विषयमा जानकारी गराइएको थियो ।

फोरमका संस्थापक अध्यक्ष सोम लुईटलले मानव वेचविखन, श्रम आप्रवासन र मानव तस्करी र आर्थिक अभियान दैनिकका कार्यकारी सम्पादक रुद्र खड्काले वैदेशिक रोजगारीको प्रवृत्ति र सञ्चारकर्मीको भूमिका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

फोरमका कला त्रिताल र सन्जु खनालले वैदेशिक रोजगामा जान म्यानपावर कम्पनीलाई भुक्तान गरेको रकमको भर्पाई लिएमा उजुरी गर्न सहज हुने जानकारी गराउनु भयो ।

df]/ª,@! ;fpg-/f;;_ M dfgj clwsf/sf nflu hgd~r -lkk’n -kmf]/d_ / cfO/]S;åf/f ;+o’SQ ?kdf zlgaf/ lj/f6gu/df oxfF cfof]lht j}b]lzs /f]huf/ sfg”g ;DjGwL ;~rf/sdL{x?nfO{ Ps lbg] cled’vLs/0f sfo{s|ddf cjwf/0ff kq k|:t’t ub}{ cfly{s cleofg b}lgssf sfo{sf/L ;Dkfbs ?b| v8sf . tl:a/ M dgf]h bfxfn ÷/f;;

फोरमले स्वदेश एवं विदेशवाट वैदेशक रोजगारीमा भएका श्रम शोषण,वाध्यकारी श्रम, मानव वेचिखन सम्वन्धमा निःशुल्क रुपमा कानूनी सेवा प्रदान गर्नुका साथै विदेशमा समस्यामा परेकाहरुलाइ उद्धारमा सहयोग गरेको बताइएको छ।

सो अवसरमा सञ्चारकर्मीहरु मोहन मानन्धर, तारा आचार्य, शुसिला पाठक, कुमोद अधिकारी, अर्जुन आचार्य , विनोद सुवेदी, अनुज सापकोटा र वेदराज पौडेल विभिन्न जिज्ञासा राख्नु भएको थियो ।

विसं २०७८ को केन्दीय तथ्याङक विभागका अनुसार २१ लाख ६९ हजार नेपालीहरु विदेशमा रहेको छन् ।

यस्तै नेपाल राष्ट्र वैंक अनुसार मुलुकको कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा विप्रेषण रहेको उल्लेख गरेको छ।

यस्तै प्रत्येक वर्ष वदैशिक रोजगारका ठगी लगायत अन्य विषयमा दुई हजार मुद्दा दर्ता हुने गरेको छ भने नेपालबाट दैनिक दुई हजार २०० जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।

नेपालबाट अहिलेसम्म ७० लाखले श्रम स्विकृति लिएका छन् ।

प्रत्येक वर्ष पाँच लाख नेपाली वैदेशी रोजगारीमा जाने गरेका छन् जसमध्ये ९० प्रतिशत खाडी मुलुक र मलेशिया रहेका छन् ।

यस्तै प्रत्येक वर्ष वैदेशिक रोजगारीवाट फर्केन ५० हजारले स्वदेशमा रोजगारी र उद्यमीशलता गर्ने गरेका छन् ।

 

प्रतिक्रिया