काठमाडौं साउन८,
ईनेप्लिज विशेष प्रतिनिधि
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ स्थापना दिवसको उपलक्षमा चार स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् ।काठमाडौंमा आयोजित समारोहमा
प्रमुख अतिथि पूर्व मन्त्री साहित्यकार बलदेव मजगैयाँले वरिष्ठ आख्यानकार परशु प्रधानलाई ‘दीप-गोविन्द स्मृति सम्मान’, ‘अन्ततःयन्त्रणा’ उपन्यासका लागि साहित्यकार सुमन वर्षालाई ‘ध. च. गोतामे’ उत्कृष्ट उपन्यास पुरस्कार’, सिर्जनशील पत्रकारिताको लागिपत्रकार सन्तगाह मगरलाई ‘गोपाल गोतामे पुरस्कार’ र जेहेन्दार विद्यार्थीका रूपमा श्रीया श्रेष्ठलाई ‘ध. च. गोतामे’ गोपाल गोतामे शिक्षापुरस्कार’ समर्पण गर्नुभयो ।
साहित्यकार रोशन थापा नीरवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी बलदेव मजगैयाँले यो सम्मानले स्रष्टाहरुलाईथप हौसला मिलोस् भनि शुभकामना दिनु भयो । पुरस्कारका संस्थापक वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले दीप-गोविन्द स्मृतिसम्मान कोष बारे प्रकाश पार्नु भयो । पुरस्कृतहरूका तर्फबाट साहित्यकार सुमन वर्षाले तथा पुरस्कृतहरूको बारेमा साहित्यकार मनोजन्यौपानेले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार, पत्रकार, साहित्य अनुरागीहरू नगेन्द्रराज शर्मा, जलेश्वरी श्रेष्ठ, भागीरथी श्रेष्ठ, शैलेन्द्र साकार, किशोरपहाडी, श्याम प्रधान, राजेश खनाल, शान्तिमाया गिरी, सन्ध्या पहाडी, प्रद्युम्न जोशी, रन्जना निरौला, किशन थापा अधीर, ध्रुवसापकोटा, देवेन्द्र भट्टराई, पुष्पराज पौडेल आदिको उपस्थिति रहेको थियो।
प्रतिक्रिया