मध्य युक्रेनमा रुसी आक्रमणमा दुई बालबालिकासहित १७ जनाको मृत्यु

इनेप्लिज २०७९ असार ३० गते ११:३२ मा प्रकाशित

मध्य युक्रेनमा रुसी आक्रमणमा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको भिनिट्सियामा रहेका भवनहरूमा तीनवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएको छ।

हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनका अभियोजक प्रमुखको कार्यालयले जनाएको छ ।

धेरै दर्जन थप घाइते भएका छन् र खोजी कार्य जारी रहेको बताईएको छ ।

युक्रेनको राज्य आपतकालीन सेवाले सामाजिक संजालमा प्रकाशन गरिएको सूचनामा ९० जनाको उद्धारकर्ताहरू साथै कुकुर प्रशिक्षकहरू लगायतले घटनास्थलमा काम गरिरहेको जनाईएको छ ।

युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोलेउक्त आक्रमणलाई “हाम्रो शान्तिपूर्ण शहरमा कब्जा गर्नेहरूको अर्को अपराध” भने।

भिनिट्सियाका प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले भने, “क्षेप्यास्त्रहरू कार्यालय परिसर भएको भवनमा लक्षित थियो।” नजिकैका आवासीय भवनमा पनि क्षति पुगेको उनले बताए ।

युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाले ट्वीटरमा हवाई हमलाको निन्दा गरेका छन् । हेगमा जवाफदेहिता सम्मेलन चलिरहेको छ र यता रूसले अर्को युद्ध अपराध गरेको छ उनले भने ।

“हामी युक्रेनी रगत र आँसुको प्रत्येक थोपाको लागि रूसी युद्ध अपराधीहरूलाई मुद्दा दायर गर्नेछौं।” उनले थपे ।

प्रतिक्रिया