अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अहिले चुनावी माहोलमा छ र अनेसासको हेडक्वाटर ठानिने वाशिंगटन डिसी क्षेत्रको फेयरफ्याक्सलाई कर्मक्षेत्र बनाएकी बिमला निरौला (ढुंगाना) ले महांसचिव पदमा उमेद्वारी दिनुभएको छ ।
अनेसासमा लगेर लगभग दुई दशक भाषा साहित्य र समाज सेवामा संलग्न बिमला निरौलाका हालसम्म वहाँका एक दर्जन पुस्तकहरु, एक गीति एल्बम र अन्य फुटकर कथा, कविता, नाटक प्रकाशित छन् । मुलत बालसाहित्यमा कलम चलाउनु भएकी विमलले बिदेशमा बस्ने नेपाली नयाँ पुस्ता (बालबालिकाहरु) लाई विभिन्न कार्यक्रमहरुमा प्रत्यक्ष वा बिद्द्युतिया माध्यमबाट सहभागी गराएर नेपाली भाषा र साहित्यलाई नयाँ पुस्तामा चिनाउने र सहभागी गराउने अनेसासको सबै भन्दा ठूलो दायित्व पुरागर्न अग्रणी भूमिकामा हुनुहुन्छ ।
अमेरिका लगायत विश्वका केहि देशहरुमा चलेका नेपाली भाषा पुस्तकको लेखन, अन्तरास्ट्रिय नेपाली डायस्पोरामा प्राज्ञिक अध्ययनमा ‘अन्तरास्ट्रिय नेपाली डायस्पोरामा भाषा शिक्षण” कार्यपत्र-२०१० (प्रकाशित), बिदेशमा बस्ने बालबालिका लक्षित मासिक कार्यक्रम “ बालतारा’ मा दिनुभएका योगदानले अनेसासको प्रमुख उद्देस्य लक्षितमा वहांको योगदान प्रशंसनीय छ ।
गत बर्ष मात्र पनि वहाँका एक बल साहित्य लगाएत ३ वटा उत्कृष्ट कृतिहरु प्रकाशन गरेर साहित्य लेखनलाई कायम राख्दै अनेसासको सचिवको जिम्मेवारी अत्यन्त कुशलताका साथ पुरा गर्नु भएकी बाल साहित्यकार तथा नेपाली बालतारा कार्यक्रमकी संचालिका र अनेसास कि आजीवन सदस्य तथा ट्रष्टी सदस्य बिमला निरौलालाई अनेसासको एक कुशल नारी सर्जक र स्वयम्सेवकको रुपमा वहांको उमेद्वारी नयाँ तथा पुरानो पुस्ताको भाषा र साहित्य साझेदारी र सशक्त बाल सर्जकको खाचो पुरागर्न्सकने एकमात्र प्रत्याशीको रुपमा परिचय र popularity पाउनु भएको देखिन्छ । बिमला निरौलाको नाम अहिले त हाम्रा साना साना नानीहरुको पनि रोजाईहुनुहुन्छ भन्दा अत्युक्ति नहोला ।
अनेसासको महांसचिब पदको उमेद्वार बिमला निरौलालाई हाम्रो धेरै धेरै शुभकामना !!!
१) तिमीबिनाको हाम्रो जीवन-बाल कबिता सङ्ग्रह), प्रकाशक – अनेसास, बि स २०६४
२) बालमन-बालचित्र कबिता सँगालो, प्रकाशक – अनेसास, बि स २०६४
३) बादल र ऋतु-बाल चित्र काब्य, प्रकाशक – अनेसास, बि स २०६४)
४) पशुपन्छी-बाल चित्र कबिता संगालो, प्रकाशक – अनेसास, बि स २०६४)
५) बाल बंगैचा-बाल कबिता सँगालो, प्रकाशक- रत्न पुस्तक भण्डार, बि स २०६७
६) ठुलो भइ के बन्ने-बाल संवाद, प्रकाशक-साझा प्रकाशन २०६७
७ ) निर्दोष कोपिला-बाल गीत सङ्ग्रह, प्रकाशक – अनेसास नेपाल, बि स २०७१
७) मै नेपाली छोरी (नेपाली गीत सङ्कलन), बि स २०७४
८) काब्य पराग- मुक्तक सङ्ग्रह, प्रकाशक – रेवा स्मृति प्रतिष्ठान, २०७८
९) ओथारो बसेका सपनाहरु-कविता संग्रह, प्रकाशक – रेवा स्मृति प्रतिष्ठान, २०७८ १०) तिन चरी-बाल कथा, प्रकाशक – रुम टू रिड, २०७८
प्रकाशोन्मुख पुस्तकहरु
हाइकु संग्रह
बाल कथा संग्रह
बाल उपन्यास
गीत संग्रह
गरिमा, मधुपर्क, मुना तथा अन्य पुस्तकहरु तथा पत्र पत्रिकाहरुमा बिबिधि सृजनाहरु र प्रकाशित फुटकर रचनाहरु ।
प्रतिक्रिया