युक्रेन युद्धको पहिलो युद्ध अपराध मुद्दामा रुसी सैनिकलाई आजीवन कारावास

इनेप्लिज २०७९ जेठ ९ गते १०:३८ मा प्रकाशित

युक्रेन युद्धको पहिलो युद्ध अपराध मुद्दामा रुसी सैनिकलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

कीभको एक अदालतले २१ वर्षीय रुसी सैनिक वादिम शिशिमारिनलाई युद्ध अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि युद्ध अपराधमा सजाय पाउने शिशिमारिन पहिलो रुसी सैनिक हुन्।

शिशिमारिनले युक्रेनको फौजदारी संहिताको धारा अन्तर्गत युद्धको कानुन र चलन उल्लंघन गरेको आरोप स्वीकार गरेपछि उनले उत्तरपूर्वी युक्रेनको एउटा गाउँमा ६२ वर्षीय एक निहत्था व्यक्तिको टाउकोमा गोली हानेको स्वीकार गरे पछि सजाय सुनाईएको हो ।

तर पीडितकी पत्नीले सेनालाई छोड्न समेत आग्रह गरेकी थिइन् । म यस कार्यको लागि म माफी चाहन्छु र ईमानदारीपूर्वक पश्चात्ताप गर्छु शिशिमारिनले भने ।

प्रतिक्रिया