हजारौं शरणार्थी खार्किभ फर्किन थाले : युक्रेनी अधिकारी

इनेप्लिज २०७९ जेठ १ गते १९:५४ मा प्रकाशित

हजारौं शरणार्थी खार्किभ फर्किन थालेको युक्रेनी अधिकारीले बताए । खार्किभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले आइतवार बताए अनुसार करिब २,००० बासिन्दाहरू युक्रेनको दोस्रो ठूलो शहरमा फर्किन थालेका छन।

“हाम्रा सशस्त्र बलहरूले शत्रुलाई पछाडि धकेल्दै छन् र त्यहाँका बासिन्दाहरू आफ्नो घर फर्कन थालेका छन्। यो अझै पनि खतरनाक छ !” सिनेहुबोभले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।

सिनेहुबोभले भने ,रूसी सेनाले राती शहरमा आक्रमण गर्ने प्रयास नगरेको तर यस क्षेत्रका अन्य समुदायहरूमा गोलाबारीमा ध्यान केन्द्रित गरेको उनले बताए ।

“म सबैलाई संकट-सूचना (अलार्म)मा पर्याप्त प्रतिक्रिया दिन र अनावश्यक रूपमा सडकमा ननिस्कन आग्रह गर्दछु,” उनले भने।

रुसले युक्रेनमा एक तिहाई सेना गुमाएको बेलायती गुप्तचरले जनाएको छ ।

“हामी महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण र विशेष गरी नयाँ मुक्त बस्तीका बासिन्दाहरूलाई मानवीय सहायता पुर्‍याउने काम जारी राख्छौं,” उनले भने।

खार्किभ क्षेत्रीय राज्य प्रशासनले सामाजिक संजाल (फेसबुक)को अर्को प्रकाशन (पोस्ट)मा भने अनुसार सेनाले यस क्षेत्रको उत्तरी भागमा एक रूसी विमानलाई खसालेको बताएको छ ।

साथै उक्त क्षेत्र रकेट(प्रक्षेपास्र) र तोपखानाको गोलाबारीबाट अझै जोखिम रहेको युपीआईले समाचार लेखेको छ ।

प्रतिक्रिया