शंकराचार्य स्वामी विराटनगर आउने

इनेप्लिज २०७९ वैशाख २ गते २३:११ मा प्रकाशित


विराटनगर,२ वैशाख।भारतको चार मठमध्ये बैदिक सनातन हिन्दुहरुको आस्थाको प्रतिककको रुपमा रहनु भएका पुरीस्थित गोवर्धन मठका पीठाधिश्वर मज्जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराज यही वैशाख ४ गते विराटनगर आउनु हुनु भएको छ।

शंकराचार्य स्वामी स्वागत समारोह समितिका संयोजक सुरेशकुमार शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन हिन्दुहरुको आस्थाको प्रतिकको रुपमा रहनु भएका शंकाराचार्य स्वामी सुनसरीको धरानबाट विराटनगर ४ गते साँझ आउनु हुनु जानकारी दिनु भयो।

शंकाराचार्यले वैशाख ५ गते स्थानीय अतिथि सदनमा संगोष्ठी,दिक्षा कार्यक्रम आध्यात्मिक प्रवचन एवं पत्रकारहरुसँग भेटघाट गर्नु हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनु भयो।सरस्वती महमाराज १४५ औं पिठाधीश हुनुहुन्छ भने विराटनगर पहिलो पटक भ्रमण गर्न लाग्नु भएको छ।

सरस्वती महाराज विराटनगरको तीनको वसाई पछि भारतको आसाम जानु हुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गरायो।उहाँको स्वागतका लागि १५ सदस्यीय समिति गठन गरिएको छ।

प्रतिक्रिया