युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार सिएनएनसॅग कुरा गर्दै भने “विश्वका सबै देशहरू” रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावनाको लागि तयार हुनुपर्छ।
जेलेन्स्कीले सिएनएनका जेक ट्यापरलाई शुक्रबार कीभमा राष्ट्रपतिको कार्यालयबाट एक विशेष अन्तर्वार्तामा पुटिनले कि त आणविक वा रासायनिक हतियारहरूमा फर्कन सक्छन् किनभने उन्ले युक्रेनका जनताको जीवनको महत्त्व राख्दैनन भने।
जेलेन्स्कीले अङ्ग्रेजीमा बोल्दै भने, “म मात्र होइन सारा संसार, सबै देश चिन्तित हुनुपर्छ किनभने यो वास्तविक जानकारी नहुन सक्छ, तर यो सत्य हुन सक्छ।”
हामीले नडराउने तर तयार हुनुपर्छ भन्ने सोच्नुपर्छ। तर यो युक्रेनको लागि मात्र होइन, सारा विश्वका लागि प्रश्न हो भन्ने मलाई लाग्छ।”उन्ले भने ।
जेलेन्स्की रुससॅगको ५० दिनको युद्धको अवधिभर युक्रेन मै बसे किनकि युक्रेनका सेनाहरूले कीभ कब्जा गर्ने क्रेमलिनको प्रयासको प्रतिरोध गरेको उन्ले बताए ।
रुसलाई देशको पूर्वी र दक्षिणी क्षेत्रहरूमा युद्ध प्रयासहरू पुनः केन्द्रित गर्न बाध्य तुल्याएका छन् , उन्ले भने ।
प्रतिक्रिया