तेहरान शोकमा डुब्यो: इजरायली आक्रमणमा मारिएका ६० उच्च अधिकारीहरूको अन्त्येष्टि समारोहमा जनसागर

इनेप्लिज २०८२ असार १४ गते ९:४१ मा प्रकाशित

इरानको राजधानी तेहरानमा शनिबार इजरायली हवाई आक्रमणमा मारिएका ६० जना व्यक्तिहरुको अन्त्येष्टि समारोहमा लाखौं शोकाकुल जनसमूह सहभागी भएको देखिएको छ। सिएनएन संचारकर्मी टोलीका अनुसार सहभागीहरूले इजरायल, अमेरिका, बेन्जामिन नेतन्याहू र राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नारा लगाउँदै ती शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे।

शवहरू ठूला मालबाहक (ट्रक)मा राखिएका थिए, जसलाई स्पर्श गर्न सहभागीहरू धकेलाधकेल भएको छ। कालो पहिरनमा सजिएका जनताले सर्वोच्च नेता अयातोल्लाह अली खामेनी प्रति निष्ठा व्यक्त गर्दै चिच्याए: “हे हाम्रो महान नेता, हामी तयार छौं!”

एक सहभागीले भने, “मेरो सन्देश ट्रम्पलाई: ईश्वरले चाहे तिमी मर्ने छौ! किनभने तिमीले इरानमाथि हमला गर्यौ। हामी यी शहीदहरूको बदला अवश्य लिनेछौं – ट्रम्प, इजरायल र अमेरिका सबैको अन्त्य हुनेछ।”

मारिनेमा प्रभावशालीहरुमा इरानको शक्तिशाली गुप्त सैन्य संगठन आइआरजिसीका पूर्व प्रमुख होसेन सलामी, सशस्त्र बलका प्रमुख महमद बाघेरी, र आइआरजिसीवायु हवाई बलका अमीर अली हाजिजादेह रहेका थिए ।

राष्ट्रिय झन्डाले ढाकिएको शव सन्दुक (कफिन)हरूलाई छुन हजारौं पुगेका थिए। त्यहाँ राष्ट्रवादी गीत बजिरहेका थिए। राष्ट्रपति मसुद पेसेश्कियन पनि सुरक्षाकर्मीहरूबीच देखिए। केहीले सर्वोच्च नेता खामेनीको तस्बिर बोकेका थिए।

इजरायलले मृत घोषणा गरे पनि वरिष्ठ अधिकारी अली शामखानी भने समारोहमा देखिएका थिए ।

प्रतिक्रिया