क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसोमले फक्स न्यूजमाथि ७८७ मिलियन डलर (७८ करोड ७० लाख डलर)को मानहानी मुद्दा हालेका छन्। न्युजमले एक विज्ञप्तिमा भनेका छन्, “फक्स न्यूजले परिणाम भोग्नुपर्छ।”
राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नर ग्याभिन न्युजमबीच ट्रम्प प्रशासनले आप्रवासनमा कडाई गरेपछि लस एन्जलसमा भएको विरोध प्रदर्शनको प्रवन्धलाई लिएर सोमबार विवाद चुलिएको थियो।
एबिसीन्यूजका अनुसार न्युजमको आरोप फक्स न्यूजका प्रस्तोता जेस्सी वाटर्सले गभर्नर र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको विवादलाई लिएर गरेको समाचारसँग सम्बन्धित रहेको जनाएको छ ।
वाटर्सले फक्स न्यूजमा न्युजमले ट्रम्पसँगको दूरवाणी (फोन कल)को बारेमा झूट बोलेको आरोप लगाएका थिए। गभर्नरले आफ्नो मुद्दामा वाटर्सको कार्यक्रमले ट्रम्पको श्रब्यदृश्य (भिडियो)लाई भ्रमपूर्ण तरिकाले सम्पादन गरी आफ्नो दाबीलाई समर्थन गरेको दाबी गरेका छन् ।
जुन १० मा एक पत्रकारले ट्रम्पलाई न्युजमसँग कहिले अन्तिम पटक कुरा गर्नुभएको थियो भनी सोध्दा उनले “एक दिन अघि भनेका थिए । उनलाई राम्रो काम गर्नुपर्छ भनेका थिए तर उनले खराब काम गरिरहेका छन्” भनी ट्रम्पले जवाफ दिएका थिए। जबकि न्युजमका अनुसार, उनीहरूले अन्तिम पटक जुन ७ मा बिहान १:२८ बजे पूर्वीय समयमा तीन दिन अघि कुरा गरेका थिए । न्युजमले उनीहरूले विचाराधीन विरोध प्रदर्शन बारे छलफल नगरेको बताएका छन्।
न्युजमले एक्समा जुन ९ मा उनीहरूले कुरा नगरेको पुष्टि गरेपछि मुद्दा अनुसार वाटर्सले न्युजममाथि झूट बोलेको आरोप लगाए । ट्रम्पले पत्रकारलाई कुरा गरेको श्रब्यदृश्य अंश (भिडियो क्लिप )बजाए तर अंशको सुरुमा ट्रम्पले “एक दिन अघि” भनेको भाग सम्पादन गरेर हटाएका थिए।
न्युजमले शुक्रबार एक विज्ञप्तिमा भने, “यदि फक्स न्यूज डोनाल्ड ट्रम्पको तर्फबाट अमेरिकी जनतालाई झूट बोल्न चाहन्छ भने, उसले परिणाम भोग्नुपर्छ — जसरी डोमिनियन मुद्दामा भयो।” उनले २०२० को राष्ट्रपतीय निर्वाचनमा डोमिनियनले धाँधली गरेको भनी फक्स न्यूजले जानीजानी गलत षडयन्त्र सिद्धान्त फैलाएको आरोप लगाएपछि २०२३ मा डोमिनियन मतदान पद्धति (भोटिंग सिस्टम्स)सँग फक्सले गरेको ७८ करोड ७० लाख डलरको सम्झौतालाई संकेत गरेका थिए।
“मलाई विश्वास छ कि अमेरिकी जनताले प्रमुख समाचार संस्थाबाट प्राप्त हुने जानकारीमा विश्वास गर्न सक्षम हुनुपर्छ,” न्युजमले आफ्नो विज्ञप्तिमा भने। “जबसम्म फक्स सत्यवादी हुन तयार हुँदैन, म उनीहरूको प्रचार संयन्त्र(प्रोपेगन्डा मेसिन )विरुद्ध लडिरहनेछु।”
फक्सलाई पठाइएको पत्रमा न्युजमका वकिलहरूले भनेका छन् , यदि फक्स न्यूजले खण्डन र समाचार मार्फत माफी जारी गर्दैन भने हामी मुद्दालाई अगाडि बढाउने छौं ।
फक्स न्यूजले एक विज्ञप्तिमा उत्तर दिदै भन्यो “गभर्नर न्युजमको पारदर्शी प्रचार सस्तो लोकप्रियता बेकार छ । हामी यस मुद्दाको कडाईका साथ प्रतिरक्षा गर्नेछौं र यसलाई खारेज हुने अपेक्षा गर्दछौं।”
प्रतिक्रिया