राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गर्दै क्यानडासँग चलिरहेको सबै व्यापार वार्ता तुरुन्त अन्त्य गरिएको बताएका छन्।
क्यानडाले अमेरिकी र क्यानाडाली प्रविधि प्रतिष्ठानहरुलाई लक्षित गर्दै सन् २०२४ को जुनमा स्वीकृत डिजिटल(ॲकीय) सेवा कर हालसम्म कायम राखेकाले यस्तो निर्णय गरिएको ट्रम्पले स्पष्ट पारे।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “यस अत्यन्तै अन्यायपूर्ण करका कारण हामी क्यानडासँग चलिरहेको सम्पूर्ण व्यापार वार्ता आजैदेखि अन्त्य गर्दैछौं। आगामी सात दिनभित्र हामी क्यानडाले अमेरिकासँग व्यापार गर्न कति शुल्क तिर्नुपर्ने हो भन्ने जानकारी दिनेछौं।”
यो निर्णय क्यानडासँग अमेरिकी प्रशासनले इस्पात(स्टिल), एलुमिनियम तथा अन्य वस्तुहरूमा लगाइएका उच्च शुल्कहरू हटाउने सम्भावनामा छलफल गरिरहेको समयमा आएको हो।
शुक्रबार ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै, विभिन्न देशहरूलाई नयाँ शुल्क दरका बारे जानकारी दिने पत्रहरू पठाउने तयारी भइरहेको पनि बताए।
ट्रम्प प्रशासनले क्यानडाको कर नीतिलाई “अमेरिकी कम्पनीमाथिको आक्रमण” भन्दै आलोचना गरेको छ।
प्रतिक्रिया