जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले आंशिक रूपमा अघि बढ्न दियो

इनेप्लिज २०८२ असार १३ गते १४:३३ मा प्रकाशित

शुक्रबार अमेरिकी सर्वोच्च अदालतले राष्ट्रव्यापी रूपमा लागू हुँदै आएको निषेधाज्ञालाई आंशिक रूपमा रोक लगाउने निर्णय गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशलाई केही हदसम्म अघि बढ्न अनुमति दिएको छ।

न्यायाधीश एमी कोनी ब्यारेटद्वारा लेखिएको ६–३ को बहुमतको निर्णयमा अदालतले स्पष्ट पारेको छ कि उनीहरूले ट्रम्पको कार्यकारी आदेशको संविधानिकता बारे निर्णय गरेका होइनन्, तर संघीय अदालतले राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्नसक्ने अधिकार छ वा छैन भन्ने विषयमा केन्द्रित रहेर फैसला गरिएको हो।

तीन जना उदारवादी न्यायाधीशहरूले उक्त निर्णयमा असहमति जनाएका छन्।

यो फैसला ट्रम्प प्रशासनको आप्रवासन नीतिलाई बल पुग्नेगरी आएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मेको आधारमा स्वतः नागरिकता प्राप्त हुने व्यवस्थालाई अन्त्य गर्ने प्रयासस्वरूप यो कार्यकारी आदेश जारी गरेका थिए।

प्रतिक्रिया