गाजामा ‘अर्को हप्ताभित्र’ युद्धविराम सम्भव: ट्रम्पको नयाँ दाबी

इनेप्लिज २०८२ असार १४ गते १:४३ मा प्रकाशित

गाजामा इजरायल र हमासबीचको युद्धविरामबारे ओभल अफिस(कार्यालय)मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा “अर्को हप्ताभित्र” युद्धविराम हुन सक्ने बताएका छन्।

ट्रम्पले गाजाको स्थितिलाई “भयानक” भन्दै “हामीलाई लाग्छ ,अर्को हप्ताभित्र युद्धविराम हुनेछ” । उनले आफूले “सम्बन्धित केही व्यक्तिहरूसँग हालसालै कुरा गरेको” पनि बताए, तर को-कोसँग कुरा गरेको भन्नेबारे भने स्पष्ट पारेनन्।

गाजामा मानवीय संकट गहिरिँदै गएको अवस्थामा ट्रम्पको यो भनाइ आएको हो । ट्रम्प प्रशासनले गाजामा मानवीय सहायता वितरणका लागि पनि काम गरिरहेको छ। उनले अमेरिकाले गाजामा ठूलो मात्रामा पैसा र खाद्यान्न पठाइरहेको उल्लेख गरे।

ट्रम्पको यो टिप्पणीले द्वन्द्वको समाधानका लागि नयाँ आशा जगाएको छ, यद्यपि युद्धरत पक्षहरूबाट तत्काल कुनै औपचारिक पुष्टि आएको छैन।

प्रतिक्रिया