ट्रम्पको ऐतिहासिक पहलमा कंगो–रवाण्डा शान्ति सम्झौता : ३० वर्षको रक्तपातको अन्त्य

इनेप्लिज २०८२ असार १४ गते ०:२८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी मध्यस्थतामा कंगो र रवाण्डा बीच ऐतिहासिक शान्ति सम्झौता सम्पन्न भएको छ। ट्रम्पले यस सम्झौताले “दशकौं लामो हिंसा र विनाशलाई अन्त्य गर्ने” बताएका छन्।

शुक्रबार वाशिंगटनस्थित अमेरिकी विदेश बिभागमा आयोजित कार्यक्रमका साक्षी बनेका विदेश सचिव मार्को रुबियो र अफ्रिकाका लागि वरिष्ठ सल्लाहकार मसाद बुलोसले ट्रम्पलाई यसको श्रेय दिएका छन्।

“यो ३० वर्षे युद्धको अन्त्य हो। राष्ट्रपति ट्रम्प शान्तिका राष्ट्रपति हुन्। उनले शान्तिलाई प्राथमिकता दिन्छन्,” रुबियोले भने।

राष्ट्रपति ट्रम्पले ओभल कार्यालयमा दुवै देशका उच्च कूटनीतिज्ञसँग भेटघाट गर्दै भने, “आजबाट हिंसा समाप्त हुन्छ। अब आशा, समृद्धि र मेलमिलापको नयाँ अध्याय सुरु हुन्छ।”

सम्झौता अनुसार, दुवै देशले विद्रोही समूहलाई समर्थन बन्द गर्ने, शरणार्थी फर्काउने, र विवाद समाधानका लागि संयुक्त सुरक्षा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।

एबिसीन्यूजका अनुसार ट्रम्पले यस सम्झौताबाट अमेरिका “धेरै खनिज अधिकार” पनि प्राप्त गर्ने बताएका छन्। सम्झौता अनुसार, दुवै देशले खनिज व्यापारलाई पारदर्शी बनाउँदै अमेरिकी लगानी प्रवाहका लागि आर्थिक ढाँचा अघि बढाउनेछन्।

प्रतिक्रिया