युरोपेली संघले रुसमाथि पाँचौं चरणको प्रतिबन्धलाई अनुमोदन गरेको छ । युरोपेली संघले बिहीबार युक्रेनमा आक्रमण गरेको भन्दै रुसविरुद्ध पाँचौं चरणको प्रतिबन्धलाई अनुमोदन गरेको युरोपेली परिषद्को फ्रान्सेली अध्यक्षले बताए ।
नयाँ उपायहरूमा रूसी कोइलाको आयातमा प्रतिबन्ध र रुसमा हतियार निर्यातमा प्रतिबन्ध समावेश रहेको छ ।
साथै यसमा रूसी जहाजहरूका लागि ईयू बन्दरगाहहरू बन्द गर्ने र मस्कोमा उच्च-प्रविधि उत्पादनहरूको निर्यातमा प्रतिबन्ध पनि समावेश गरिएको छ।
“कुलीनवर्गहरू, रूसी प्रचार कलाकारहरू, सुरक्षा तथा सैन्य उपकरणका सदस्यहरू ,औद्योगिक तथा प्राविधिक क्षेत्रका संस्थाहरू” को नाम सहित कानूनी बिषय वस्तु सहित शुक्रबार औपचारिक रूपमा प्रकाशित हुनेछ भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया