युक्रेनका राष्ट्रपति जेलेन्स्की दोहा मन्चमा अप्रत्यशित रुपमा उपस्थिति भै सम्बोधन गरे र उनले तेलको उत्पादन बढाउन आह्वान गरे ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार कतारको दोहा फोरम(मंच)मा एक आश्चर्यजनक रुपमा अङ्कियदृश्य( भिडियो )मार्फत आफ्नो उपस्थिति जनाए । उनले ऊर्जा धनी राष्ट्र र अरूलाई रूसी ऊर्जा आपूर्ति नोक्सानको प्रतिरोध गर्न आफ्नो उत्पादन बढाउन आह्वान गरे ।
जेलेन्स्कीले संयुक्त राष्ट्र संघ तथा बिश्व शक्तिहरूलाई सहायताको लागि सबैलाई आह्वान गरे। उनले रुसको आक्रमणबाट आफ्नो बन्दरगाह शहर मेरीउपोलको विनाशलाई तुलना गरे। उनले सिरियाली युद्धमा एलेप्पो शहरमा सिरियाली र रुसले गरेका विनाश बारेमा चर्चा गरे ।
“उनीहरूले हाम्रा बन्दरगाहहरू नष्ट गर्दैछन्,” जेलेन्स्कीले भने। “युक्रेनबाट निर्यातको अनुपस्थितिले विश्वभरका देशहरूलाई झट्का दिनेछ।” युक्रेनी गहुँको क्षतिले इजिप्ट जस्ता मध्यपूर्व राष्ट्रहरूलाई चिन्तित बनाएको छ, ती देशहरु निर्यातहरूमा निर्भर छन उनले भने ।
कतार प्राकृतिक ग्यासको निर्यातमा विश्व नेता भएकोले जेलेन्स्कीले देशहरूलाई ऊर्जाको निर्यात बढाउन आह्वान गरे । पश्चिमी देशहरुको प्रतिबन्धहरूले रूसी निर्यातमा गहिरो कटौती गरेको छ, जुन युरोपेली राष्ट्रहरूको लागि महत्त्वपूर्ण छ ,उनले थपे ।
प्रतिक्रिया