पोल्याण्डका राष्ट्रपति बोकेको विमान बाइडेनसँग भेट्न जाने बाटोमा आपतकालीन अवतरण

इनेप्लिज २०७८ चैत ११ गते १४:११ मा प्रकाशित

पोल्याण्डका राष्ट्रपति बोकेको विमान बाइडेनसँग भेट्न जाने बाटोमा आपतकालीन अवतरण गर्न बाध्य भएको समाचार सिएनएनले लेखेको छ ।

पोल्याण्डको सरकारी समाचार सॅस्था पिएपीका अनुसार पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडा सवार विमानलाई शुक्रबार आपतकालीन अवतरण गर्न बाध्य पारिएको जनाएको छ ।

डुडा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट्न वार्साबाट रजेस्जो जाने तयारीमा थिए।

“राष्ट्रपति डुडासँग विमानको आपतकालीन अवतरण भएको थियो; विमान वार्सा फर्कियो,” पिएपीले भन्यो ।

ह्वाइट हाउसका एक अधिकारीले पनि आपतकालीन अवतरणको पुष्टि गरेका छन् ।

बाइडेनले  आज बिहान आफ्नो तालिका परिवर्तन गर्नेछन भनि सिएनएनमा समाचार छ।

प्रतिक्रिया