मोरङ,११ चैत।नागरिकलाई सूचन प्रविधिमा पहँच पुर्याउन विराटनगर महानगरपालिकाले नगरका विभिन्न क्षेत्रका निःशुल्क वाईफाई सेवा आजदेखि शुरु गरेको छ।
विराटनगरमा महानगरपालिकाको लगानीमा नागरिकहरुको अत्याधिक भेला एवं जमघट हुने स्थानहरु वडा नं १५ मस्जिद अगाडि र १६ को भट्टीमोड चोक गरी दुई स्थानमा सेवा शुरु गरिएको छ।महानगरपालिकाका प्रमुख भीम पराजुली, वडा नं १५ र १६का अध्यक्ष क्रमशःअसलम आलम र मनोज सुव्वाले संयुक्त रुपमा फाइफाईको सञ्चालन गर्नु भयो।
उक्त स्थानमा रहेको निःशुल्क वाइफाईले नागरिकलाई २४ घण्टा अनलिमिडेट प्रयोग गर्ने सक्ने सुविधा उपलव्ध गराइएको छ।महानगरले यस अघि ५० स्थानमा वाइफाई सञ्चालनमा ल्याइ सकेको छ भने आगामी एक हप्ता भित्र थप ५० स्थानमा स्थापना गर्ने जानकारी दिइयो।
सो अवसरमा प्रमुख पराजुलीले नागरिकलाई हातहातवाट स्वदेशी तथा विदेशी सम्वन्धी जानकारी सहज रुपमा प्राप्त गर्ने सेवा शुरु गर्न पाउँदा खुशी लागेको बताउनु भयो।उहाँले नागरिकले पालिकाबाट पाउने पर्ने सेवा सुविधाहरु बाटो,खानेपानी,हरियाली पार्क,खेलकूदका साथै स्वास्थ्य सुरक्षा उपलव्ध गराइरहेको र अन्य थप सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।यसैगरी महानगरले विराटनगरको दुई क्षेत्रमा सिसिएस (विद्युतीय सवारी साधन) चार्जिङ्ग स्टेशन जडान गर्ने कार्य शुरु गरेको छ।
महानगरपालिकाको सहयोगमा नेपाल विद्युत प्राधिकरणको चार्जिङ्ग स्टेशन प्रोजेक्ट अन्तर्गत हाललाई विराटनगरको दुई स्थान राजवंशी चोक र बसपार्कमा स्टेशन राख्ने निर्णय भएको छ।महानगरपालिका प्रमुख पराजुलीले स्थापना गरिने स्टेशनको सम्वन्धमा प्राविधिकहरुबाट जानकारी,अवलोकन गर्नुका साथै सहजरुपमा सवारी साधनले चार्जिङ्ग सेवा प्राप्त गर्नुपर्नेमा जोड दिनु भयो।
उक्त स्थानमा निर्माण गरिने चार्जिङ्ग स्टेशनबाट एक पटकमा तीन बटा विद्युतीय सवारी साधनको चाजिङ्ग हुने प्रोजक्टका शिव अधिकारीले जानकारी दिनु भयो। चार्जिङ्गको शुल्क प्राधिकरणले तोके अनुसार हुने छ।
प्रतिक्रिया