रुसको आक्रमणको कारण ३५ लाख युक्रेनीहरु देश छोडी शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्र शरणार्थी सँस्थाले रूसको आक्रमणपछि युक्रेनबाट ३.५ मिलिय(३५ लाख ) भन्दा बढी व्यक्तिहरू भागेको बताएको छ ।
दोस्रो विश्वयुद्ध पछि युरोपको सबैभन्दा खराब शरणार्थी संकट निम्त्याएको छ।यूएनएचसीआरले मंगलबार एक प्रतिवेदन प्रस्तुत गर्दै ३.५३ मिलियन मानिसहरूले युक्रेन छोडेका छन ।
जसमा पोल्याण्डले ठूलो हिस्सा लिएको छ । पोल्याण्डले २.१ मिलियन भन्दा बढी मानिसहरुलाई स्वागत गरेको छ । यसै गरि त्यसपछि रोमानियामा ५ लाख ४० हजार शरणार्थी भन्दा बढी र मोल्डोभामा ३ लाख ६७ हजारभन्दा बढी पुगेको तथ्याँक छ ।
फेब्रुअरी २४ मा आक्रमण भएको केही समय पछि, यूएनएचसीआरले ४ मिलियन (४० लाख )शरणार्थीहरूले युक्रेन छोड्न सक्छन भनि भविष्यवाणी गरेको थियो ।
मार्चको सुरुमा लगातार दुई दिनमा प्रत्येक २,००,००० भन्दा बढिमा पुगेपछि हालका दिनहरूमा बहिर्गमन सुस्त भइरहेको छ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले लगभग ६.५ मिलियन मानिसहरू युक्रेन भित्र आन्तरिक रूपमा विस्थापित छन भनेको छ । । यदि युद्ध जारी रह्यो भने तिनीहरूमध्ये धेरैजसो विदेश पलायन हुन सक्छन भनि अनुमान गरेको डब्लुटिओपीले समाचार लेखेको छ ।
प्रतिक्रिया