अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश क्लेरेन्स थोमसलाई गत शुक्रबार साँझ वाशिंगटन डिसीको सिब्ली मेमोरियल अस्पतालमा भर्ना गरिएको छ ।
उनले “फ्लूजस्ता लक्षणहरू अनुभूति ” गरे पछि उनलाई अस्पताल भर्ना गरिएको अदालतको सार्वजनिक सूचना कार्यालयले आइतवार साँझ जानकारी दिएको छ ।
न्यायाधिशलाई कोभिड-१९ पनि नभएको जनाएको छ । अदालतको छापा विज्ञप्तिमा भनिएको छ, “उनले कोभिडको जाँच गराए र संक्रमणको निदान पत्ता लागेको छ । ओखति दिइएको र न्यायाधिशको उपचार भइरहेको छ । ”
न्यायधिशलाई लक्षणहरू कम हुँदैछ गरेको बिज्ञप्तिमा जनाईएको छ । हाल आरामगरि रहेका छन् भने एक वा दुई दिनमा अस्पतालबाट मुक्त हुने अपेक्षा गरिएको छ । न्यायधिश थोमसले कुनै पनि मुद्दाहरूको विचार र छलफलमा भाग लिनेछन भनि बिज्ञप्तिमा जनाईएको छ ।
न्यायधिश थोमसले तेश्रो खोप समेत लगाई सकेका छन् ।
प्रतिक्रिया