युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार भने ,यदि आफ्नो देश (युक्रेन)उत्तर एट्लान्टिक सन्धि संगठन गठबन्धनमा पहिले नै प्रवेश गरेको भए रुसले आक्रमण गर्ने थिएन।
“यदि हामी नेटोको सदस्य थियौं भने, युद्ध सुरु हुने थिएन। म मेरो देशको लागि, मेरा मानिसहरूका लागि सुरक्षा प्रत्याभूति (ग्यारेन्टी)हरू प्राप्त गर्न चाहन्छु, “जेलेन्स्कीले सिएनएनका पत्रकार फरीद जकारियालाई भने, “आक्रमण सुरु भएदेखि नै नेटोले प्रदान गरेको सहयोगको लागि कृतज्ञ रहेको बताए ।
“यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा संलग्न र हेर्न तयार छन् भने तुरुन्तै सदस्य बनाइयोस किनभने मानिसहरू दैनिक रुपमा मरिरहेका छन्।”
म सबै नेटोका सदस्यहरुलाई व्यक्तिगत रूपमा सिधै अनुरोध गर्न चाहन्छु । हामीलाई एक वा दुई वा पाँच वर्षमा नेटो गठबन्धनमा स्वीकार गर्दैछौं, सीधा र स्पष्ट रूपमा हुन्छ या हुदैन भन्नु होस् भनि जकारियालाई ” जेलेन्स्कीले भने।
उनले थप्दै भने स्पष्ट रुपमा नेटोको सदस्य हैन भन्नु या ढोका खुला रहेको समेत बताउन सिएनएन मार्फत नेटोक सदस्य राष्ट्रहरुका नेताहरुलाई सन्देश दिए ।
प्रतिक्रिया