युक्रेनले गत हप्ता अर्का रुसी सेनापति मारिएको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार अर्का रूसी सेनापति लडाइँको क्रममा मारिएको जनाएका छन् । गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण पछि मारिएका उनि पाँचौं रूसी सेनापति (जनरल )हुन।
रूसको १५० औ मोटोराइज राइफल डिभिजन(बिभाग)का जनरल (सेनापति) ओलेग मिट्याएभ र उनको इकाईका सदस्यहरूलाई युक्रेनी सेनाहरूले गत हप्ता मारिउपोल नजिकै मारेका थिए । गत मंगलबार युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले सामाजिक संजाल मार्फत साझा(शेयर) गरेको प्रकाशन अनुसार रुसको क्षति भएको जनाएका छन् ।
उनको मृत्युबारे रुसी रक्षा मन्त्रालय र रुसी सरकारी सञ्चारमाध्यमले कुनै वक्तव्य जारी गरेका छैनन् । मिट्याएभ सानो समूहको एक हिस्सा थिए ,राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार अलेक्सेई अरेस्टोभिचले युक्रेनको स्थानीय समाचार (एनभी न्यूज)लाई भने।
सिएनएनले समाचार प्रकाशित गरेता पनि स्वतन्त्र रूपमा युक्रेनी दाबी प्रमाणित गर्न नसकेको उल्लेख गरेको छ ।
युक्रेनको सशस्त्र बलको प्रमुख सेनाध्यक्ष (कमाण्डर-इन-चीफ)को कार्यालयको रणनीतिक सञ्चार विभागको आधिकारिक सामाजिक संजाल फेसबुक(अनुहार किताव )ले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ ।
रुसी सरकारी संचार माध्यमका अनुसार २०१६ मा मिट्याएभ ताजिकिस्तानमा रूसको २०१ औं सैन्य आधारको सेनापतिमा नियुक्त भएका थिए भनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया