रुसी सेनाले युक्रेनको मारियुपोलमा ४०० जनालाई आश्रय दिने विद्यालयमा बम विष्फोट गराएको नगर परिषद्ले जनाएको छ ।
घेराबन्दी गरिएको युक्रेनको मुख्य शहर मध्ये कै एक मारिउपोलमा आश्रयको रूपमा प्रयोग भइरहेको कला विद्यालयमा रूसी सेनाले बम विष्फोट गरेको मारिउपोल नगर परिषदले आफ्नो सरकारी दूरदर्शन (टेलिग्राम च्यानल)मा एक विज्ञप्तिमा जनाएको छ।
आक्रमणमा ध्वस्त भएको भवनमा करिब ४०० जनाले आश्रय लिएको परिषदले जनाएको छ । हताहतको विवरण अझै स्पष्ट भै नसकेको तर मानिसहरु भग्नावशेषमा फसेका बताईएको छ ।
गत बुधबार शहरको एक नाट्यशालामा भएको आक्रमणमा कति जना जीवित भएका छन् भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन।
शनिबार जारी गरिएको एक भूउपग्रह तस्बिरका अनुसार भवनको दुई तिहाइ भाग आश्रयको रूपमा प्रयोग गरिँदै आएकोमा उक्त भवन पूर्ण रूपमा ध्वस्त भएको देखाएको छ। स्पष्ट रूपमा आकाशबाट देखिने रुसी अक्षरमा “बालबालिका” चिन्ह लगाइएको थियो।
आक्रमणको समयमा ८०० देखि १,३०० सम्म मानिसहरु भित्र थिए भन्ने अनुमान रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया