पुटिनले टर्कीका राष्ट्रपतिसँगको दूरवार्तामा युद्धविराम वार्ता गर्नुअघि युक्रेनसँग यस्ता माग राखे

इनेप्लिज २०७८ चैत ५ गते १४:३९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्ड़ोवानसँगको दूरवार्तामा युक्रेनसँग युद्धविराम हासिल गर्न धेरै मुद्दाहरू राखेको टर्कीका राष्ट्रपतिका प्रवक्ताले बताए ।

टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले शनिबार टर्कीको पत्रिका हुर्रिएतसँगको अन्तर्वार्तामा भने, एर्ड़ोवानले युद्ध अन्त्य गर्न वार्तालाप गर्न सहयोग पुर्‍याउन पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुवैलाई टर्कीमा ल्याउने प्रस्ताव राखेका थिए।

कालिनले भने, जेलेन्स्की भेट्न तयार हुँदा पुटिनले कुनै पनि नेतृत्व-स्तरको वार्ता हुन अघि समाधान गर्नुपर्ने केही समस्याहरू राखेका थिए।

पहिलो प्रस्ताव भनेको युक्रेनको तटस्थता ,अर्थात् नेटोको सदस्यता त्याग्ने। दोस्रो, अस्ट्रियाको नमुना (मोडेल)को सन्दर्भमा निशस्त्रीकरण र पारस्परिक सुरक्षाको प्रत्याभूति । तेस्रो, रुसी पक्षले ‘डि-नाजिफिकेशन’ नाजीवाद बिहिन भनेर उल्लेख गर्ने प्रक्रिया र चौथो, युक्रेनमा रुसी भाषाको व्यापक प्रयोगमा परेका बाधाहरू हटाउने जस्ता रहेका छन भनि सिएनएनले समाचार लेखेको छ ।

पुटिन र अन्य सरकारी अधिकारीहरूले युक्रेनलाई बारम्बार झूटा आरोप लगाएका छन । पुटिनले दुईवटा थप मागहरू राखेका थिए जुन “सबैभन्दा कठिन मुद्दाहरू” रहेको कालिनले बताए । एउटा क्रिमियाको विलयको मान्यता र डोनबासमा दुई “तथाकथित” गणतन्त्रहरू । जुन पुटिनले आक्रमण गर्नु अगाडी मान्यता दिएका थिए ।

अन्तिम दुई मुद्दाहरू “युक्रेन र अन्तर्राष्ट्रिय समुदायका लागि स्वीकार्य मागहरू होइनन्।” कालिनले भने ।

एर्ड़ोवानले पुटिनलाई युद्धविराम स्थायी बनाउनु पर्ने आग्रह गरेका छन् । टर्कीको सञ्चार निर्देशनालयका अनुसार दुबै राष्ट्रपतिहरूलाई इस्तानबुल वा अंकारामा आतिथ्य गर्ने एर्ड़ोवानले प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया