युक्रेनद्वारा युद्ध सुरु भएदेखि १४,२०० रुसी सेना मारिएको दाबी

इनेप्लिज २०७८ चैत ४ गते १४:१२ मा प्रकाशित

युक्रेनले युद्ध सुरु भएदेखि हालसम्म १४,२०० रुसी सेना मारिएको दाबी गरेको छ ।

युक्रेनी सशस्त्र बलका अनुसार रुसले तीन हप्ता अघि आक्रमण सुरु गरेयता करिब १४,२०० रुसी सैनिक मारिएका छन् भनेको छ ।

साथै ४५० रूसी बख्तरबन्द गाडी( ट्याक) र लगभग १,४५० अन्य सशस्त्र लडाकू वाहनहरू, ९३ रूसी विमानहरू र ११२ उदग्रबिमान (हेलिकप्टर) नष्ट भएको बताएको छ ।

यसबाहेक, २०५  रूसी तोपखाना ,७२ बहु-मार हान्ने प्रक्षेपास्त्र प्रणाली र ४३ बिमान मार हान्ने हतियार प्रणालीहरू नष्ट गरिएको जनाएको समाचार सिएनएनले उल्लेख गरेको छ ।

सीएनएनले यी दावीहरूलाई पुष्टि गर्न असमर्थ छ समेत समाचारमा भनेको छ ।

प्रतिक्रिया