युक्रेनका स्वास्थ्य सेवा केन्द्रहरूमा भएका कम्तीमा ४३ वटा आक्रमणमा परि कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले बिहीबार उक्त जानकारी दिएका हुन् ।
टेड्रोसले संयुक्त राष्ट्र सुरक्षा परिषदमा आफ्नो टिप्पणीमा भने, घाइते हुनेहरूमा स्वास्थ्यकर्मीहरू छन्।
“स्वास्थ्य सेवामा आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हो – जुनसुकै बेला, जहाँसुकै। तिनीहरूले मानिसहरूलाई तत्काल आवश्यक हेरचाहबाट वञ्चित गर्छन् र पहिले नै तनावग्रस्त स्वास्थ्य प्रणालीहरू तोड्छन्। हामीले युक्रेनमा यही देखिरहेका छौं,” टेड्रोसले भने।
द्वन्द्वबाट मानसिक स्वास्थ्य सेवाहरू पनि धेरै प्रभावित भइरहेका छन्, युक्रेनी मनोचिकित्सा अस्पताल र दीर्घकालीन हेरचाह सुविधाहरूमा ३५,००० भन्दा बढी मानसिक स्वास्थ्य बिरामीहरू छन्, “जसले औषधि, खाना, तातो बनाउने ,कम्बल र थप गम्भीर अभावहरुको सामना गरिरहेका छन्।”
टेड्रोसले युक्रेनको युद्धले देशमा कोभिड-१९ महामारीको प्रभावलाई पनि बढाएको बताए।
“द्वन्द्व सुरु भएदेखि नै कोरोना जाँचको दर घट्नुको अर्थ त्यहाँ महत्त्वपूर्ण लक्षणरहित कोरोना संक्रमण हुने सम्भावना छ। र ,४० % भन्दा कम वयस्क जनसंख्यालाई पूर्ण रूपमा खोप लगाइएकोले यसले ठूलो संख्यामा मानिसहरूलाई गम्भीर रोगको विकास गर्ने जोखिम बढाउँछ,” टेड्रोसले भने। ।
विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा करिब १०० मेट्रिक टन चिकित्सा आपूर्ति पठाएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
जसमा “अक्सिजन, इन्सुलिन, शल्य चिकित्सा (सर्जिकल) आपूर्ति, रगत संकलन उपकरणहरु जसले ४,५०० मानसिक क्षति (ट्रमा )बिरामीहरू र ४५०,००० प्राथमिक स्वास्थ्य हेरचाह बिरामीहरूलाई एक महिनाको लागि पर्याप्त हुने सामग्री लगायत अन्य उपकरणहरू रहेका छन ।
साथै अक्सिजन उत्पादक (जेनेरेटर) विद्युतीय उत्पादक (जेनेरेटर) लगायतहरु पनि पठाइसकेका छन् र हामी थप १०८ मेट्रिक टन पठाउने तयारी गरिरहेका छौं,” टेड्रोसले भने।
यद्यपि विश्व स्वास्थ्य संगठनसँग युक्रेनका क्षेत्रहरूमा प्रवेश गर्ने प्रयास गर्ने संयुक्त राष्ट्रका पथरक्षकहरूको लागि थप महत्वपूर्ण आपूर्तिहरू तयार छन्, तर तिनीहरू सफल हुन सकेनन्, महानिर्देशकले भने।
प्रतिक्रिया