अन्तर्राष्ट्रिय अदालतले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न आदेश

इनेप्लिज २०७८ चैत २ गते १८:३९ मा प्रकाशित


अन्तर्राष्ट्रिय अदालतले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न आदेश दिएको छ ।

हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले युक्रेनमा युद्धको औचित्य पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै मस्कोलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न आदेश दिएको छ।

बुधवारको सुनुवाईको क्रममा, अदालतले युक्रेनले लुहान्स्क र डोनेट्स्क ओब्लास्टहरूमा नरसंहार गरिरहेको रुसी दावीलाई समर्थन गर्ने कुनै प्रमाण नभएको फैसला सुनायो, जसमा मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई जायज ठहराएको छ।

“रूसी संघले २४ फेब्रुअरी, २०२२ मा सुरु गरेको सैन्य कारवाहीलाई तुरुन्तै निलम्बन गर्नेछ, जसको उद्देश्य  युक्रेनको लुहान्स्क र डोनेत्स्कोब्लास्टमा दावी गरिएको नरसंहारको रोकथाम र सजायको रूपमा रहेको छ,” अदालतले भन्यो।

प्रतिक्रिया