पाकिस्तानले युक्रेनलाई आपतकालीन सहायता पठायो

इनेप्लिज २०७८ चैत २ गते ११:२० मा प्रकाशित

पाकिस्तानले युक्रेनलाई आपतकालीन सहायता पठाएको छ । पाकिस्तानले मंगलबार राति युक्रेनमा मानवीय सहायताका दुई सी-१३० विमान पठाएको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बताए।

विमानहरू प्रस्थान गर्दा पाकिस्तानको राजधानीको नूर खान हवाईअड्डामा बोल्दै कुरेशीले इस्लामावादस्थित युक्रेनी दूतावासको अनुरोधमा सहायता पठाइएको बताए।

सहयोगमा पाल, कम्बल, सुत्ने झोला,जेनेरेटर(उत्पादक यन्त्र_साबुन, हात धुने, औषधि र डिब्बा खाध्य (क्यान फुड )मावेश छ।

पाकिस्तान “वार्ता र कूटनीति मार्फत स्थिति समाधान गर्न चाहन्छ,” कुरेशीले भने, “पाकिस्तानको “युक्रेनसँग राम्रो सम्बन्धको लामो इतिहास” को आधारमा सहायता पठाइएको छ।

प्रतिक्रिया