स्वच्छ बजारका लागि सरकारी प्रयास बढाउनु पर्ने

इनेप्लिज २०७८ चैत १ गते २३:०६ मा प्रकाशित

विराटनगर,१ चैत।‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्त्ता अधिकार’ प्रमुख नाराका साथ विश्व उपभोक्त्ता दिवस आज यहाँ सम्पत्र भएको छ।

सो अवसमार उभोक्त्ता अधिकारकर्मीहरुले उपभोक्त्ता जागरण र राज्यको सक्रियता बढेकाले धेरै हदसम्म उभोक्त्ता ठगिनबाट जोगिएको भनेका छन्।व्यापारीहरुले वस्तुमा गर्ने कृतिम मूल्य वृद्धिमा उपभोक्त्ता सचेत हुनु पर्ने भन्दै सरकारले भ्रष्टाचार न्यूनीकरणको दिशामा पनि अघि बढ्नु पर्ने सुझाव उहाँहरुले दिएका छन्।

वाणिज्य,आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा कुल रु.९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ।सो अवधिमा कार्यालयले फर्म सम्बन्धी नयाँ दर्ता एक हजार २१९,नवीकरण एक हजार ५०६, संशोधन ७३३ र खारेजी १७६ फर्म गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो।उहाँले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परि रु.१० लाख २७ हजार जरिवाना असुल गरेको जानकारी दिनुभयो।

अनुगमनको क्रमा खरिद बिल छैन,म्याद गुज्रिएको वस्तु बजारमा प्रयाप्त छ र साविकको भन्दा मूल्यवृद्धि लगभग सबै खालको वस्तुमा देखिएको पाइएको जनाइएको छ।

नागरिक शिक्षा,स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दी अनुसारको कर्मचारीहरु भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताउनुभयो।

उहाँले उजुरी र त्यसउपरको कार्यान्वय बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको पुष्टि गर्नुभयो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपभोक्त्ता र व्यापारीबीचको सम्बन्ध राम्रो हुन व्यापारमा इमान्दारिता आवश्यक छ भन्दै उभोक्त्तालाई ठग्नु भनेको राज्यलाई ठग्नु हो भत्रुभयो।

कार्यक्रममा उपभोक्त्ता अधिकारकर्मी उत्तम ढुङ्गेल,विनोद सुवेदी,मेघराज श्रेष्ठ र राजेश श्रेष्ठले पनि बजारलाई स्वच्छ बनाउन सरकारी प्रयास फित्तलो छ भत्रुभयो।

प्रतिक्रिया