विराटनगर,१ चैत।नारदमुनि÷पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार –२०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई गर्ने पुरस्कृत गर्ने निर्णय गरिएको छ।
कोषको आज बसेको बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसञ्चार अनलाइनका पत्रकार राईलाई पुरस्कारबाट सम्मानित गरिने भएको हो।
कोषका संरक्षक छत्रपति लुइँटेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिनु भयो।
कोषले मोरङको ग्रामथान गाउँपालिका –२ झोराहाटमा चैत २ गते एक कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने संरक्षक लुइँटेलले जानकारी दिनु भयो।
यसैगरी कोषले सरस्वती नमूना उच्च मावि झोराहाटमा अध्ययनरत उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया