युक्रेनबाट २८ लाखभन्दा बढी मानिस पलायन : आईओएम

इनेप्लिज २०७८ फागुन ३० गते १६:५४ मा प्रकाशित

युक्रेनबाट २८ लाखभन्दा बढी मानिस पलायन भएको राष्ट्रसंघीय निकायले जनाएको छ

सोमबारसम्म २८ लाखभन्दा बढी मानिस युक्रेनबाट छिमेकी देशहरूमा पलायन भएका छन्, जसमा १ लाख २७ हजार तेस्रो देशका नागरिकहरू छन्, संयुक्त राष्ट्र सङ्घको एउटा सॅस्था इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले जनाएको छ।

“मानिसहरू हरेक मिनेट युक्रेनमा युद्धबाट भाग्न जारी राखेका छन ” आईओएमले सोमबार ट्वीट गरेको छ ।  उनीहरूलाई “निरन्तर समर्थन” चाहिन्छ भनि आईओएमले भनेको छ ।

युनिसेफका अनुसार युक्रेनको युद्धले ७५ लाखभन्दा बढी बालबालिकामा “विनाशकारी प्रभाव” पारेको बताएको छ ।

प्रतिक्रिया