छोराको हत्याका आरोपी तीन जनालाई पक्राउ गर्नुपर्ने– पीडित आमा

इनेप्लिज २०७८ फागुन १६ गते १२:०४ मा प्रकाशित

विराटनगर,१६ फागुन।आफ्नो जवान छोराको हत्या गर्नेलाई प्रहरीले चार महिना वितिसक्दा पनि अहिलेसम्म पक्राउ नगरेको आज यहाँ एक आमाले आँशु चुहाँउदै गुनासो पोखिन।

सुनसरीको बर्जु गाउँपालिका–२ रामगंज बेलगछियाका वस्ने सितादेवी रायले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो २० बर्षिया छोरा निकेशकुमार रायको गएका कात्तिक २० गते विराटनगर–१६ खादमपुल नजिक हत्या गरि शव फालेको र सो कार्यमा सोही गाउँपालिका बस्ने छिमिकी मिथिलेश,गौतम राय र वडा नं ३ वस्ने कोमल विश्वकर्माले हत्या गरेकोले हुनाले पक्राउ गरी आवश्यक अनुसन्धान गर्नुपर्ने माग गरिन।

सिता देवीले ११ कक्षा उत्र्तीण गरेको छोरा निकेश भारतमा १० बर्ष मजदुरी गरी कात्तिक १७ घर फर्केको र साथी विश्वकर्माले घुम्न जाँउ भनी साईकलमा लगेकामा तीन जनाको मिलोमतो हत्या गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय विराटनगर रानीले आफ्नो किटानी जाहेरी नलिई आलटाल गरेको गुनासो व्यक्त गरिन।

बुवा रामपित रायको आँखा रसाउँदै आफ्नो छिमिकी रहेका दुवै रायसंग विगतमा झगडा भएको र छोरालाई धम्काएको हुनाले निजहरुले हत्या गरेको हुन भन्दै अविलम्व पक्राउ गरि कारवाही गर्न दुःखेसो सुनाउनु भयो।

उहाँले छोरा निकेशको शव प्रकृति हेर्दा चोटपटक लागेको,नाकवाट रगत निस्किएको र जिउँमा छुरा प्रहार भएको देखिएको हुनाले हत्या भएकोले आरोपी तीनजनालाई पक्राउ गर्नु बताउनु भयो।

पीडित परिबारले अहिलेसम्म तीन पटक पत्रकार सम्मलन गरिसकेका छन्।

कोशी अस्पतालको पोष्टमार्टम प्रतिवेदनमा निज निकेशले लागु पदार्थको अध्याधिक प्रयोगबाट मृत्यु भएको जनाएको छ।

 

प्रतिक्रिया