विराटनगर,९कात्तिक।कोभीड–१९ बाट प्रभावित कुष्ठरोगीहरुलाई एक सामाजिक संस्थाले आर्थिक,सामाजिक,शैक्षिके रुपमा २४० जनालाई सहयोग उपलव्ध गराइएको आज यहाँ जनाइएको छ।
प्रदेश नं १ अन्तर्गतका मोरङ,सुनसरी र झापा जिल्लाका गरीव,विपन्न कुृष्ठ रोगीहरुलाई कोभीड बाट प्रभावित भएका उनीहरुलाई समाजमा पूर्ण स्थापित गराउन आर्थिक सहयोग,खाद्यान्न सहयोग,विद्यालयमा अध्ययनका लागि शुल्क तथा विऊ पूर्जी उपलव्ध गराइएको एशोसियशन फर आइडिया नेपालले जानकारी दिएको छ।
आइडिया नेपालले मोरङको वुढीगंगा–२ मा आज आयोजित कुष्ठ प्रभावित व्यक्तिहरुको लागि कोभीड–१९ सहयोग परियोजनाका सम्वन्धमा सञ्चारकमीहरु वीच समन्वयतात्मक वैठकमा सो जानकारी दिएको हो।
विगत ११ महिनाको अवधिमा आइडिया नेपालले कुष्ठ प्रभावित १०० जनालाई खाद्यान्न,१०० विद्यार्थीहरुलाई छात्रवृत्तिबापत रु छ हजार पाँच सय तथा ४० जनालाई व्यवसाय पुनः सञ्चालका लागि विऊँ पूर्जी स्वरुव रु २५ हजार उपलव्ध आजदेखि कार्यक्रम सम्पन्न भएको संयोजक देवेन्द्र डंगोलले बताउनु भयो।
संस्थाले कुष्ठप्रभावितको घर–घरमा प्रत्यक्षमा गएर सहयोग उपलव्ध गराउनुका साथै व्यवसायका लागि प्राविधिक र व्यवसायिक ज्ञान प्रदान गरेको बताइएको छ।
संस्थाले समाजमा कुष्ठ रोगीप्रति विभेद अन्त्यका लागि शिक्षामूलक सन्देश प्रशारण,पालिकाको सहयोगमा जनचेतना जागृत,स्वास्थ्य सरसफाई,स्वास्थ्य सामाग्री वितरण गरेको छ।
बैठकमा आइडिया नेपालका प्रमुख अम्वरबहादुर तिम्सिनालो आफ्नो बारेमा आवाज आफैले उठाएमा मात्रले समाजमा हाम्रो कुरा सम्वन्धित निकायमा पुर्याउने धारणा राख्नु भयो।
संस्थाका केन्द्रीय महासचिव जयविनकुमार यादव,प्रदेश अध्यक्ष दिपक मण्डल, वडा अध्यक्ष कनैयालाल साह लगायतले कुष्ठ प्रभावितको मुहारमा हाँसो ल्याउन आगामी दिनमा थप कार्यक्रम ल्याउने बताउनु भयो।
सो अवसरमा कुष्ठरोग प्रभावित क्षेत्रमा कार्य गरेको जनप्रतिनिधि,स्वास्थ्यकर्मीलाई मायाको चिनो प्रदान गरिएको छ।
प्रतिक्रिया