रासस समाचारको गुणस्तर अभिवृद्धि गर्ने– महाप्रबन्धक राई

मनोज दाहाल २०७८ साउन ३० गते १५:२४ मा प्रकाशित


विराटनगर,३० साउन(रासस):राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक सिद्धराज राईले रासस सेवालाई सरल एवं सहज बनाउने बताउनुभएको छ।

रासस प्रदेश नं १ कार्यालय विराटनगरमा आज सेवाग्राही एवं स्थानीय सञ्चारकर्मीहरुसँगको छलफलमा उहाँले रासस समाचारको गुणस्तर अभिवृद्धि गर्न सञ्चारकर्मीहरुको वृति विकासमा राससले ध्यान दिने कुरामा जोड दिनुभयो। महाप्रबन्धक राईले राससमा दक्ष जनशक्ति र योग्य कर्मचारीहरुको कमी नरहेको बताउँदै यसलाई समयानुकूल बनाउने सबैको क्षमता र योग्यता प्रयोग गर्ने विश्वास व्यक्त्त गर्नुभयो।राससलाई बलियो बनाउन सरकारले पनि प्रयाप्त ध्यान दिनु पर्ने आवश्यकता औँल्याउँदै महाप्रबन्धक राईले रासस सेवालाई परिस्कृत गरिदै लैजाने धारणा राख्नुभयो।उहाँले राससमा अहिले चुनौति थपिएको छ,यसलाई चिरफार गर्दै बढ्नुको विकल्प नरहेको भन्दै आगामी दिनमा प्रदेश स्तरबाट पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने योजना बनाईरहेको चर्चा गर्नुभयो।राससको सेवा विस्तार गर्न आवश्यक जनशक्त्ति परिपूर्ति गर्न आर्थिक आवश्यकतालाई सरकारले ध्यान दिनुपर्ने बताउँदै उहाँले भत्रुभयो,आमनागरिकमा सूचना पु¥याउने रासस बलियो एवं सुदृढ हुनुपर्छ।’

सो अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र अधिकारी, कोशी अनलाईनका प्रभात खड्का्,हाम्रो विराटनगर डटकमका सरोज कार्की, उद्घोष दैनिकका बाबुराम भण्डारी,पत्रकार गणेश लाम्साल,मोहन मानन्धर ध्रुब भट्टराई,देवनारायण साह,तेजेन्द्र भण्डारी,विनु तिम्सिना लगायतकाले राससको सेवा र समाचारका विषयमा बोल्नुभएको थियो।

कार्यक्रममा रासस प्रदेश कार्यालय प्रमुख मोहम्म्द सदरुलले राससका पत्रकारहरुले बहुतले खेती गर्नु भन्दा रासस सेवालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

यसैगरी महाप्रबन्धक राईले रासस प्राङ्गणमा एक थान पारिजात फुलको विरुवा रोप्नु भयो।

मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया