एनआरएनए स्पेनको महा सचिवमा समाजसेवी तथा पत्रकार भोला लामिछानेको उमेद्वारी

इनेप्लिज २०७८ जेठ २९ गते ११:१७ मा प्रकाशित

यूरोप । ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्पेनको आगामी महाधिवेशनको लागी माहौल ह्वात्तै बढिरहेको बेला हाल बार्सिलोना निवासी समाजसेवी ,व्यवसायी एवं सामाजिक पत्रकार भोला लामिछानेले महासचीवपदको उमेद्वारमा दावी गर्दै आफ्नो उमेद्वारी दिएका छन् ।

नेपालमा टी यू साथै बेलायतबाट बिजनेस स्टडीमा ब्याचलर पढ़ाई सकाएका लामिछाने बेलायत र स्पेनमा रहेका नेपाली समुदाय बीच चिर–परिचित छन् ।

लामीछाने ग़ैर आवासीय नेपाली संघमा सन् २००९ देखी बेलायत रहदा आबद्ध हुँदै सामाजीक र सहयोगका कार्यहरूमा सरिक हुदै आई रहेका व्यक्ती हुन् ।बेलायत रहदा नेपाली बिधार्थीहरूले भोग्नु परेका समस्याहरू लाई लिएर बिधार्थीहरू एकजुट हुन आह्वान गर्थे । त्यो बेला बेलायत आर्थिक मन्दीको चपेटामा परेको थियो । बेरोज़गारीहरूको संख्या ह्वात्तै बढेको थियो । बेलायत सरकारको टियर ४ योजना अन्तर्गत थुप्रै नेपाली बिधार्थीहरू उच्च शिक्षा हासील गर्न बेलायत हानिएका थिए बेरोजगार नेपाली बिधार्थीहरूलाई रोजगारीमा संलग्न गराउन विभिन्न संघ संस्था एवं व्यवसायीहरूसँग सम्पर्क गर्दै सहयोग गर्ने गर्दथे ।

लामिछाने ग़ैर आवासीय नेपाली संघ यूरोप क्षेत्रीय भेला बार्सिलोना २०१४ सफल बनाउन मिडिया संयोजकको भूमिका निभाएका थिए । बार्सिलोना भेलाले काठमाडौमा शंखमुल पार्क निर्माण गर्ने योजना देखी स्पेनमा नेपाली दूतावास स्थापना गर्ने घोषणा अघी सारेको थियो । दुवै अभियान सफल भै सकेका छन् ।

यूरोपमा रहेर नेपाली वेभ नामक छापा पत्रीका प्रकाशन गर्दै सम्पादक बनेका लामिछाने स्पेनमा रहेका नेपालीहरूका कागजी देखी थुप्रै समस्याहरू समाधान गर्नको मुख्य रूपमा दुताबास स्थापना नै भएकोले त्यसका लागी स्पेनमा नेपाली राजदुताबासको स्थापना गर्न ठुलो योगदान दिए ।सगै स्पेनको बार्सिलोनामा रहेको एन आर एन ए स्पेनको संघको कार्यालय स्थापना गर्न ठुलो सहयोग गरेका थिए ।

क्षेत्री समाज स्पेन तथा स्याड्जा सहयोग समाज स्पेनको संस्थापक सल्लाहकार, अमेरीकामा मुख्य कार्यालय रहेको हामी नेपाली ग्लोबल सामाजीक संस्थाको स्पेन कन्सुलर लगायत स्पेनमा रहेका सबै जसो संघ सस्थाहरु सगै सहकार्य गरेर थुप्रै सामाजिक कार्यहरू गर्दै आएका छन् । बिगत लामो समय यूरोपमा रहेका गतिविधिहरूमा संलग्न हुदै यहाँको नेपाली समुदायमा सक्दो आर्थिक भौतिक नैतिक सहयोग समेत उनको छ ।

नेपाल पत्रकार महासंघ यूरोप शाखा सदस्य बन्दै वर्तमान सहसचिवमा काम गरिरहेका लामिछाने २०१४ मा स्पेनमा पहिलो नेपाली रेडीयो [ स्पेन नेपाल रेडीयो] स्थापना गर्ने संस्थापक सदस्य समेत हुन् ।

यसपाली संघको महासचिव भएर काम गर्न सबै साथीहरूले अनुरोध गरेकाले आफु अगाडी बढेको बताउने लामिछाने काम गर्न कुनै पद नचाहीने भन्दै बिगत १३ वर्ष देखी संघमा बाहिरबाटै सहयोग गर्दै आईरहेका व्यक्ती हुन् । यस पाली ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्पेनको महासचिवमा निर्विरोध गर्ने संघकै अभियन्ताहरूले बताएका छन् ।

प्रतिक्रिया