लण्डन ।विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन्।
समितिका संयोजक डा संजिव सापकोटाका अनुसार सोमवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन्।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेश स्थित नेपाली समुदाय,विदेशमा कार्यरत नेपाली चिकित्सक,नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ।
संघले डा संजिव सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत),डा नितेश शर्मा (मध्यपूर्व),डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ।
यसैबीच नेपालमा हालसम्म ५ लाख २० हजार ४ सय ६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्।संक्रमणका कारण सोमवार सांझसम्म ६ हजार ५ सय ३१ जनाको निधन भएको छ।
चिरन शर्मा,
प्रेश संयोजक, कोभिड १९ उच्चस्तरिय समिति
गैरआवासीय नेपाली संघ
२५ मे २०२१
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.
Corona Virus Precautions : stay safe
1.Wash hands thoroughly and frequently with soap for 20 seconds.
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings
5.Cover your mouth and nose with mask while in public.
प्रतिक्रिया