तनहुँ भानु । गण्डकी प्रदेशका मुख्यमंत्री पृथ्वीसुब्बा गुरुङले भूकम्पमा घाईते भएकाहरू प्रति चिन्ता व्यक्त गरेका छन् । । हिजो बुधबार र आज बिहीबार गण्डकी प्रदेशको लमजुङ जिल्लाको मस्र्याङ्दी, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिका सँगै मनाङ जिल्ला लगायतमा गएकोे भूकम्पका कारण थुप्रैजना घाइते भएको खबरले चोट महसुस गरेको बताउनु भएको छ ।
उहाँले घाइते हुनुभएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भयो। लमजुङमा २५० घर क्षतिग्रस्त हुँदा १ सयभन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएको र तत्कालको राहतका लागि गण्डकी प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल साथै संघ सरकारबाट ५० थान त्रिपाल समेत पठाइसकेको बताउनु भएको छ ।
उहाँले जिल्ला विपद व्यवस्थापन समिति , रेडक्रस सोसाइटी लगायत संस्थाले राहत उपलब्ध गराएका र गण्डकी प्रदेश सरकार भत्किएका घर निर्माणमा छिटोभन्दा छिटो लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
लमजुङमा गत बुधबार विहान ५ बजेर ४२ मिनेटबाट हालसम्म ४ रेक्टर माथिका ६ वटा र ८० वटा ४ रेक्टर भन्दा कमको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद्का अनुसार बुधबार विहान ५ बजेर ४२ मिनेटमा मस्र्याङदी गाउँपालिका ८ भुलभुले केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पटकपटक महसुस भइरहँदा स्थानीय अझै त्रसित भएका छन ।
प्रतिक्रिया