प्रदेश प्रमुख अधिकारी– ‘नौटङ्की माया’ लोकार्पण

इनेप्लिज २०७८ वैशाख २ गते २१:५६ मा प्रकाशित

विराटनगर, २ बैशाख।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशब रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको आज इटहरीमा लोकार्पण गर्नु भयो।
डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको पहिलो यो कथा सङ्ग्रह हो।विभिन्न नौ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका सम्वन्धमा आर.सी. थपलिया,हिमराज अधिकारी, यर्जुवेदानन्द प्रसाद भट्टराई लगायतले चर्चा गर्नु गरिएको छ।

प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष हो भन्दै यो लोकोपकारको पक्षमा हुनुपर्छ भन्नु भयो।उहाँले साहित्य देश,समाज,धर्म, परम्परा,रितीरिवाज,मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताउनु भयो।

कथा सङ्ग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई समेटिएको छ ।डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरे, प्रदेश सभाका सदस्य सर्वध्वज साँवा लगायतले साहित्यले समाजलाई नैतिक वनाउन ठूलो भूमिका खेल्ने बताउनु भयो।

प्रतिक्रिया