कृष्ण के सी, अमेरिका,
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी २३-२४, २०२१ मा बिशेष महाधिवेशन आयोजना गरेको थियो तर सम्पन्न गरेको कुरा सुनिएको छैन। तर पनि संघका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटेर बिधान नै बुझाएको कुराको विज्ञप्ति आएको छ।
महाधिवेशन बिना नै सुरु र अन्त गरिएको भनिएको सो महाधिवेशनमा संघका ६ क्षेत्रका गरि २५७१ जना प्रतिनिधिहरु रहेका थिए। तर महाधिवेशनमा उपस्थित संख्या भने ३०० भन्दा कम थिए। अझै फोरममा त ८० भन्दा कमलाइ मात्र राखिएको थियो। अन्तिम दिन त जुम लिंक नै खुलेन र केहि दर्जनलाइ मात्र प्रवेस दिइयो। तर पनि यी १३८ जना मध्ये केहिले मात्र आवाज उठाए, किन ?
प्रतिनिधिहरु निम्न संख्यामा थिए:
.अफ्रिका -१७
.अमेरिकाज- २७२
.एशिया-५११
.मध्यपूर्व- ५३५
.ओसियाना- २४६
.युरोप-९९०
.जम्मा- २५७१ जना
२५७१ प्रतिनिधि भएको संघले जुममा गर्ने महाधिवेशनमा १०० भन्दा कमलाइ प्रवेस दिनुको पछाडीको खेल के हो त्यो भने खोजीको बिषय भएको छ। यस बाहेक गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषद सदस्य नै १३८ सदस्य छ। यसका २१ जना मनोनितका त कुरा नै छाडौं।उनीहरु मध्ये १५ जना त पहिलो पटक संघको सदस्य बनेका मध्येका छन्। बाँकी केहि पटके छन। त्यसमा पनि सबैजसोलाई संघमा किन आएको त्यो नै जान्दैनन्।
यस्तो ठुलो संघको १३८ जनामध्ये कसैले पनि आफ्नै अधिकारको त कुरा उठाएका छैनन भने उनीहरुले आम गैरआवासीय नेपालीको बिषय कसरी उठाउलान ? आफ्नो अधिकार र हैसियतका लागि नबोल्ने ति बिचरा परिषद सदस्यहरुप्रति अब धुप बत्ति बालेर भगवानसँग सद्बुद्दि माग्नु बाहेको केहि बाँकी छैन।
संघका अध्यक्ष कुमार पन्त सहित पर्ने ती १३८ पार्षदहरुलाइ प्रश्न चाहिँ छन्:
.महाधिवेशन प्रतिनिधिहरुले महाधिवेशनमा प्रवेश गर्न पाउने हो या होइन?
.महाधिवेशनमा प्रस्तुत एजेण्डामा मत दिन पाउनु हो होइन?
.संघका कुनै पनि पदाधिकारीहरुले महाधिवेशनका प्रतिनिधिलाइ महाधिवेशनमा प्रवेशमा रोक लगाउने अधिकार छ या छैन?
.महाधिवेशन प्रतिनिधिहरुले महाधिवेशन हलमा संघका कुनै पनि पदिय व्यक्तिलाइ पदिय जिम्मेवारी पुरा नगरेमा छलफलमा ल्याउने अधिकार छ या छैन ?
.निर्वाचित या मनोनित सबै पदाधिकारी र सदस्यहरुलाइ हटाउने, सस्पेण्ड गर्ने, कारबाही गर्ने, सम्मान गर्ने, पुरस्कृत गर्ने अधिकार महाधिवेशन प्रतिनिधिलाइ हुन्छ या हुँदैन ?
.महाधिवेशन प्रतिनिधिलाई बिधान शंसोधन गर्ने अधिकार हुन्छ या हुँदैन?
.महाधिवेशन प्रतिनिधिलाइ बिधानमा छलफल गर्न, छलफलमा भाग लिने, मत राख्ने र मत दिने अधिकार हुन्छ या हुँदैन ?
.महाधिवेशन प्रतिनिधिलाइ यस्ता अधिकारबाट रोक्ने अधिकार कोहि पदाधिकारी, महासचिव या अरु कसैलाई हुन्छ या हुँदैन ? यदि हुँदैन भने त्यसो गर्ने संघका महासचिव डा हेम राज शर्मालाइ कारवाही .गर्नपर्छ या पर्दैन ?
.यो सबै हुँदा नौटंकी रचेर संघलाइ उनीको दाइजो जस्तो गरेर बस्ने महासचिव डा हेम राज शर्माप्रति कसैको प्रश्न छ या छैन?
.महाधिवेशन प्रतिनिधिको अधिकार खोसियो भनेर लेखे बापत संगका महाधिवेशन प्रतिनिधि, पदाधिकरी या अरु कसैलाई संघको सामाजिक संजालबाट बन्चित गर्न मिल्छ या मिल्दैन ?
.संघका सचिवालय बैठकमा अध्यक्षको अनुमति बिना संघको कुनै जिम्मेवारीमा नरहेको, गैरआवासीय नेपाली पनि नभएको व्यक्तिलाई ल्याउन मिल्छ या मिल्दैन ?
.बिधानले दिएको अधिकार प्रयोग गरेर अर्को बिशेष महाधिवेशन बोलाएर ति सबैलाई फ्लोरमा नराख्न सकिन्छ या सकिन्न?
अन्तमा; यी सबै हुँदाहुँदै पनि नबोल्ने तपाइँ १३८ जना परिषद सदस्यहरुलाइ बोल्न नसक्ने, आँखा नदेक्ख्ने, पढ्न नजान्ने, बिधि-बिधान नजान्ने अपाङ्ग भएकाले सार्वजनिक रुपमा खादा ओडाएर सम्मान गर्न मिल्छ या मिल्दैन ?
बाँकी दुनियाँ आफैं जानुन-कृष्णार्पण ।
प्रतिक्रिया