सरकारको कदमलाई न्यायलयले सच्याउनु पर्ने

इनेप्लिज २०७७ माघ ३ गते १५:३३ मा प्रकाशित

विराटनगर,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेस अलमलमा नभई प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्ध रहेको बताउनुभएको छ।

नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधि सभाको विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा विरोध सभालाई सम्बोधन गर्दै उहाँले सरकारले चालेको यो कदमलाई सच्याउन संसद पुनर्स्थापना हुनु पर्ने कुरामा जोड दिनुभयो।

उहाँले न्यायलयमा पुगेको मुद्दाका विषयमा दवाव दिन नमिल्ने भएपछि सरकारको कदम देश र जनताको हित विपरित हो भन्दै सरकारले घोषणा गरेको निर्वाचन निश्पक्ष,स्वतन्त्र र सहभागितामूलक हुनु पर्ने धारणा राख्नुभयो।

केन्द्रिय सदस्य डा कोइरालाले काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमा फस्न नहुने तर्क राख्नुभयो।संसदले नेता कार्यकर्ता नचिन्ने संसदीय दललाई चिन्ने भएकोले ६४ प्रतिशत बहुमतको दावी गरेर संसद विघटन गर्न नहुने तर्क गर्दै डा कोइरालाले सर्वाेच्च अदालतले न्याय दिने र यो न्याय संसद पुनर्स्थापना बाट हुने दावी गर्नुभयो।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली काङ्ग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरित छ भन्नुभयो।

प्रतिक्रिया