विराटनगर,४ पुस।पछिल्लो २४ घण्टामा प्रदेश न.१ मा कोरोना सङ्क्रमित ६७० जना डिस्चार्ज भएका छन् भने नयाँ ६५ जना थपिएका छन्।सङ्क्रमितमा ३६ जना महिला छन्।
डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा अहिलेसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार ६० पुगेको छ भने सङ्क्रमितको सङ्ख्या २९ हजार २९५ पुगेको मन्त्रालयले जनाएको छ।
नयाँ थपिएका सङ्क्रमितमा मोरङमा २१ जना मध्ये विराटनगरमा १२,झापामा १९,सुनसरीमा १७,इलाममा दुई, संखुवासभामा एक र प्रदेश बाहिरका पाँच जना रहेको बताइएको छ।
सोही अवधिमा ५३१ जना सहित कुल दुई लाख तीन हजार ९५७ जनाको पिसिआर परीक्षण गरिएको छ भने अहिले पनि प्रदेशमा सक्रिया सङ्क्रमितको सङ्ख्या चार हजार २३५ रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया