वीरेन्द्र रावल,
धनगढी,कार्तिक २४÷ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सोमबार सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गर्नुभएकोे छ।
मंगलबार धनगढीमा हुने एक कार्यक्रममा सहभागी हुन यहाँ आईपुगेका अध्यक्ष तिमिल्सेनाले सुदूर पश्चिम प्रदेस भाको स्थलगत अनुगमन गरेका हुन।
अनुगमनका क्रममा उनले सुदूर पश्चिम प्रदेश सभाले हाल सम्म गरेका कामको उपलब्धी बारे जानकारी लिएका थिए।उनलाई सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभाका बारेमा जानकारी गराएका थए।
उनले प्रदेश सभामा स्थापना गरिएको पुस्तकालयको अनुगमन समेत गरेको जनाइएको छ।अध्यक्ष तिमिल्सेना सोमबार सुर्खेत बाट स्थलमार्ग हुँदै धनगढी आइपगेका हुन।
अध्यक्ष तिमिल्सेना लाई सुदूर पश्चिम प्रदेश सभामा प्रदेशका सभामुख अर्जुनबहादुर थापा,उप सभामुख निर्मला बडाल(जोशी), नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रमुख सचेतक तारालामा तामाङ प्रदेशसभा सदस्य लगायत सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया