नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले अहिले संसद्मा प्रष्टरुपमा सत्तापक्ष, प्रतिपक्ष र व्यवस्थाविरोधी शक्तिहरु रहेको बताए । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्ष र व्यवस्थाविरोधी शक्तिले सरकारले ल्याएको नीति तथा कार्यक्रम जति नै राम्रो भएपनि विरोधमात्रै गरेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम गज्जबको रहेको दाबी गरे ।
माओवादीले पनि विरोधमात्रै गरेको भन्दै उनले दिउँसो जनवादी बिहे, राति महँगो रेस्टुरामा पार्टी गरेर ढुन्मुनिने अवस्थामा आएपछि हेर्ने आँखा फरक हुने बताए । ‘नयाँ जोगीजस्तो एकदम म हुँदा चाहीँ के हुन्थ्यो, तेस्रो आँखा खोलेर हेर्थें भन्ने कुरा सत्तामा नहुँदा भन्ने हो । सत्तामा हुँदाखेरी तेस्रो आँखा खुल्दैन । सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ । यस्तो स्थितिको अभ्यास छ कि दिउँसो जनवादी विहे, बेलुका गएर सबैभन्दा महँगो रेस्टुरामा पार्टी खाएर ढुन्मुनिनुपर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरु फरक छन् । यो स्पष्ट कुरा हो,’– उनले भने थप भिडियोमा हेर्नुहोस
प्रतिक्रिया