अमेरिकन आइडलमा दिवेशको यात्रा

सोनिया के. सी २०७७ जेठ १४ गते १७:२१ मा प्रकाशित

अमेरिकन आइडलको १८ औॅ संस्करण भर्खर मात्र सकियो । यो हाम्रो लागी यति महत्वपुर्ण थियो की यसमा पहिलो पल्ट नेपाली ठिटो दिवेश पोख्रेलले भाग लिएका थिए र सबै खुडकिलो पार गर्दै बिश्वलाई नै नयाॅ सन्देश दिएका थिए ।उनका प्रत्येक प्रस्तुतिहरू आफ्नै तरिकाका हुन्थे र प्रत्येक प्रस्तुतिले निर्णयकको मन पनि जितिरहेका हुन्थे । यो हामी सबैको लागी गौरवको बिषय नै थियो । बिश्वभर छरिएका नेपालीको मात्र नभएर धेरै बिदेशीहरूको पनि आकर्षको केन्द्र उनि नै बन्न सफल भएका थिए । उनी भित्र भएको अदभुत कला, गीत गाउने नयाॅ तरिका , प्रस्तुति भिन्न शैलि निक्कै उत्कृष्ट र फरक थियो । त्यति मात्र नभएर हरेक पल्ट उनले नेपाललाई बिश्वभर चिनाउन केही न केही बोलिरहेका ,गरिरहेका र देखाई रहेका हुन्थे । यो नै उनको जन्मभुमी प्रतिको माया , ममता र सदभाव थियो । उनले प्रस्तुत गर्ने उनका बलपनका कुरा , नेपालको प्राकृति र साॅस्कृतिक सम्पदा लगायत हरेक कुराहरू गौरव गर्न लायक तरिकाले उनले प्रस्तुत गरिरहेका थिए । यस्तो अन्तराष्ट्रिया मन्चबाट नेपालको सन्दर्भमा दिवेशले दिने हरेक अभिब्याक्ति आफैमा महत्वपुर्ण थिए । उनले गरेका हरेक कुराहरूले नेपाललाई बिश्वमाझ चिनाउन ठुलै सहयोग गरेका थियो ।

यति मात्र नभएर अन्तिम दिनको प्रस्तुतिमा निर्णयक मध्ये एकले काठमाडौ बाट यस्ता प्रतिभा यस्ता प्रतियोगितामा ल्याउन र आउन हौसाएका छन् । यो अर्को हौसाला र प्रेरणाको बिषय हो। हुनत म पनि एक आम नेपाली नागरिक हुॅ । यस भन्दा अघि मैले त्यति चासो दिएर अमेरिकन आईडल यसरी हेरेको पनि थिइन । तर जब एक नेपाली ठिटोले पाईला राखेको थाह पाए पछि मेरो मात्र नभएर सबैको एकाएक चासो बढेको हो । यो बढ्नु पनि स्वाभाविक नै थियो र हो । यस भन्दा अघि इन्डियन आइडलमा नेपाली मुलका प्रशान्त तामाड्गले पनि सफलता हाॅसिल गरेका थिए तर इण्डियन आइडल र अमेरिकी आइडलमा चाहि धेरै भिन्नता छ । पहिलो कुरा त ॲग्रेजीमा नेपाली ठिटोले यो स्तरको गीत गाउनु नै धेरै ठुलो कुरा र गर्वको बिषय हो र थियो ।

इतिहासलाई हेर्ने हो भने उत्कृष्ट पाॅचमा पुग्नेहरूले पनि धेरैले अमेरिकामा राम्रो गरिराखेका छन् । आफुलाई स्थापित गराई राखेका छन् । तसर्थ यसरी नै मेहनत गर्दै गए भने दिवेशको पनि भविष्य अमेरिकामा उज्वल छ । सफल छ । आगामी दिनमा उनले अमेरिकामा आफुलाई सहजै स्थापित गर्न सक्छन् । अव अर्को कुरा हामीले बुझ्नु पर्ने कुरा के हो भने अन्तिम क्षणमा हामी कहाॅ र किन चुक्यौ ? चुक्नका कारणहरू के के हुन् ? अमेरिका भरी भएका यतिका संघ संस्थाहरूले भोट गर्न किन चासो देखाएनन् ? सक्रिया किन भएनन् ? एक हुन किन सकेनन् ? के कोरोना नै प्रमुख कारण थियो त ? दिवेशले राम्रो प्रस्तुति दिदा दिदै पनि मलाई लाग्छ हाम्रो कमजोर भोटिड्गको कारण उनी दोस्रो बन्न पुगे । तसर्थ सबैले अर्को पल्ट बिशेष ध्यान दिन र एक हुन पनि जरुरी छ । यस्तो बिषय आफ्नो एकल प्रयास र प्रतिभाले मात्र सफल हुने बिषय होइन । सबैको साथ , सहयोग , सदभाव र उत्प्रेरणा पनि चाहिन्छ ।

यसमा हामी सफल हुन सकेको भए संसार भर अर्को राम्रो सन्देश जाने थियो । नेपालीहरू यस्तो महाब्याधिको समयमा पनि एकजुट रहेछन् भन्ने नजिर स्थापित हुने थियो । बिभिन्न टुक्रामा टुक्रि रहेको अमेरिकी नेपाली समुदायलाई एकजुट बन्ने अवसर पनि थियो । तर दु:खको कुरा यसपल्ट यस हामी यस बिषयमा एक हुन सकेनौ । सायद महामारिको कारणले पनि हुन सक्छ ।

अर्को बिषय हाम्रो समाजले डाक्टर , इन्जिनियर्स , वैज्ञानिक र पैसा भए मात्र चासो दिने र अरू बिषयलाई चासो नदिने मनोविज्ञान छ । यो निक्कै दु:खद र गम्भिर कुरा हो । कलकार , गायक पनि देश र समाजका गहना हुन भन्ने कुरा हामीले आत्मबाटै नै स्विकार र सम्मान गर्न जरुरी छ । हाम्रो संक्रिण सोचाई र मनलाई फराकिलो नबनाई प्रबासको यस भूमीमा हाम्रो समुदायले आस गरेर अनुसारको सफलता हाॅसिल गर्न गाह्रो छ । तसर्थ भविष्यमा हाम्रो समुदाय भित्र दिवेश जस्ता प्रतिभाहरू अगाडी आइरहे भने नेपाल , अमेरिकी नेपाली समाज र सम्पुर्ण अमेरिकावासीमा गर्वको बिषय हो ।

प्रतिक्रिया