समाजमा लुकेकाे एउटा अपराध र लागू औषध समाज

बाल कृष्ण भट्ट (पत्रकार ) २०७७ जेठ १२ गते १९:५९ मा प्रकाशित

चितवन । जेष्ठ १३

जसरी लकडाउनका बिच पनि हिजो आज लागुऔषध गिरोह वा सेवनकर्ताहरू समातिएको खबर बिभिन्न संन्चार माध्यमहरूमा आइरहेको छ,कतै यसको लागि समाजमा रहेका केही ब्यवसायमुखी मेडिकल संन्चालक वा औषधि ब्यवसायी ब्यक्तिको हात त छैन ? यो अहिले राज्य प्रशासनले गम्भीर भएर सोच्नु पर्ने बिषय भएको छ ।

आजको समयमा अधिकाशं युबा/युवतिहरू बिभिन्न प्रकारका लागुऔषधहरूको सिकार (दुर्व्यसनी)भएको पाइन्छ।फलस्वरूप विभिन्न प्रकारका अपराधीक घटनाहरू समाजमा घट्ने गरेको देखिन्छ/पाइन्छ । समाजमा कुनै पनि १८ बर्ष नपुगेको युवा,युवतीहरूले कसरी र कहाँ बाट मेडिकलजन्य (लागू) पदार्थको सम्पर्कमा पुगे यो आजको समाजमा गम्भीर भएर मनन् गर्नुपर्ने वा सुस्म अनुसन्धान हुनुपर्ने बिषय भएको छ।

कुनै पनि औषधी जन्य पदार्थ (जुन मेडिकल पसलहरूमा सहज उपलब्ध हुने) यी युवा/युवतीहरूको हातमा पुग्नुको कारण सबै सरकार लाई मात्र दोष दिएर मेडिकल वा औषधी ब्यावसायीहरू कहिल्यै पनि उम्कन पाउने छैनन्। केही र कुनै कुनै पछिल्लो घटना क्रमहरूमा त स्वयंम् डाक्टर र सरकारी संयन्त्रको दुरूपयोग गरेर ड्रगं माफियाहरू लागूऔषधी ओसारपसारमा पक्राउ परेका उदाहरण समाजमा हामी देख्न पाउछौं । प्रहरी बाट आज यति थान लागुपदार्थ(नोफीम, फेनारगन, डाईजीपाम्प लगाएत अन्य) बरामद भयो भनेर ती युवा/युवतीको पूरा विवरण समाचार मार्फत दिइने गरिन्छ, तर किन ती युवा/युबतिले खरिद गरेको डाक्टर वा मेडिकलको पूरा विवरण समाचार मार्फत दिईदैन।कतै यसमा प्रहरी र औषधी ब्यबसायी बिचको गलत सम्बन्ध त लुकेको छैन? कसरी सानो मेडिकल संन्चालक आफ्नो पुर्खैली सम्पतीको प्रर्योग बिनानै २/४ वर्षमा नै चिल्ला कार र ठुला घर खडा गर्न सक्छन् ? लागुऔषधीको प्रर्योग गर्ने युवा/युवतिको पूरा विवरण संचार माध्यममा भिडीयो सहित दिइन्छ र लामो समय जेल चलान पनि गरिन्छ । फलस्वरूप ती दुर्बेशनीहरूको भबिष्य अन्धकारमय हुन्छ।साथै परिवारका सदस्यहरू पनि मानसिक तनावको स्थितीमा पुग्ने गर्दछन्।तर ति प्रकृतीका लागुऔषधी विक्रि बितरण गर्ने डाक्टर वा मेडिकल लाई केही आर्थिक ढण्ड तिराइ बिना समाचार बिना विवरण दिई छाडिन्छ ।डाक्टहरू ले पनि आफ्नो पढ़ाई र पोष्टको दुरुपयोग गरेर भावनात्मक रुपमा कमजोर र अबुझ लाई यस्तो लतमा डुबाउन अप्रत्यक्ष भूमिका खेल्ने, पुलिस प्रशासनले सो डाक्टर वा मेडिकल को बिना विवरण खुलाई केही जरिवाना तिराई छाड्ने अनि हाम्रो समाजमा बस्ने हामी मानिसहरु सोही डाक्टरलाई प्रतिष्ठीत ब्यक्तिको रुपमा लिने ।अनि सोही अपराधी डाक्टरलाई कानुनको दायरामा ल्याउन खोज्दा यही समाज बाट कानुनको विरोध गर्ने परिपाटी समाजमा देखिन्छ।

जागौ अव हामी नेपालीहरु समाजलाई दुषित पार्ने र युवाहरूलाई बाटो भड्काउने यी र यस्ता हर्कतहरूको बिरूद लागौं लकडाउनको यो समय घर बसेर लागुऔषधको लत छुटाउने सही मौका आएको छ यसको उचित प्रयोग गरौं।

॥नेपाल॥Freemdom Fighter साजन पन्त॥ (ब्यक्तिगत अनुभव र बिचारमा आधारित)

 

प्रतिक्रिया