ईरानमा भएको युक्रेनको बिमान दुर्घटनामा क्यानडाका नवबिबाहित जोडीको दुखद निधन ,जोडी बिहे गर्न ईरान गएका थिए

इनेप्लिज २०७६ पुष २४ गते १२:०१ मा प्रकाशित

ईरानमा भएको युक्रेनको बिमान दुर्घटनामा क्यानडाका नवबिबाहित जोडीको दुखद निधन प्रति उनका आफन्त र साथिभाईहरुले ज्यादै दुख पोखेका छन् । उक्त नया जोडी बिहे गर्न ईरान गएका थिए । उक्त दुर्घटनामा ६३ जना क्यानडाका यात्रीहरुको मृत्यु भएको थियो । गत बुधबार इरान बाट उडेको केही समयमा उक्त बिमान दुर्घटनामा परेको थियो । उक्त हवाई जहाजमा भएका १ सय ७६ जनाको मृत्यु भएको थियो ।

उक्त हवाई जहाज तेहरान बाट युक्रेनको राजधानी किभको लागि उडेको थियो । २६ बर्षिय आराश पौरजराबी तथा २५ बर्षिय पौनेह गौर्जी अलबर्टा बिश्व बिद्यालय भाट सूचना प्रविधिमा (आईटी)बाट स्नातक गरेका थिए ।

बिबाह भोजका लागि उनीहरु संग अन्य ४ जना सदस्यहरु संगै गएका थिए । “हे भगवान, म यो विश्वास गर्न सक्दिन,” “यो सम्पूर्ण समुदायलाई स्तब्ध पार्ने छ।” ईरानिएन क्यानाडीएनले रोयटर्सलाई बताए ।

उनीहरूको विवाह तीन दिन अघि भएको थियो भनि रोयटर्सले लेखेको छ ।

समाचार : रोयटर्स

प्रतिक्रिया