प्रहरीकाे तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

इनेप्लिज २०७६ असोज ३० गते १०:५२ मा प्रकाशित

बाँके, ३० असाेज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी छिन् ।

सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी िछन् ।

प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिँदै आएकी थिइन् । सई रानाले आफूलाई विभिन्न दबाब दिएर जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ ।

प्रतिक्रिया